बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् ।&n"/>
2026-09-18 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सुर्यगडी गाउँपालिकाको अध्यक्षमा रामजी पौडेलको सम्भावना बलियो

बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् । 

सुर्यगढी गाउँपालिकाको सबै वडाबाट स्कुले बेलादेखिनै नेपाल बिद्यार्थी संघबाट काङ्ग्रेसको राजनीतिमा होमीएका पौडेल कांग्रेसको गाउँ इकाइदेखि क्षेत्रगत राजनीतिमा पनि पोख्त छन् । नेपाली काङ्ग्रेसमा निस्कलन्क छवि बनाएका उनी दर्जनौ सामाजीक संघ-सस्थामा आबद्ध रहेर समाजसेवा गरीरहेका छन् साथै उनी नेपाल रेड्क्रस सोसाइटी नुवाकोटको जिल्ला सद्स्य पनि हुन् । 

नुवाकोटको  सुर्यगढी गाउपालीकालाई जिल्लाकै मात्रै नभएर देश कै उत्कृष्ट गाउँपालिका बनाउने खाकाको साथै सुर्यगडी गाउँपालिकाको २० बर्से खाका बोकेर मैदानमा उत्रिएका पौडेल आम युवा माझ लोकप्रिय पनि छन् । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरु सङै नयाँ जोश जाँगरहरुले युवाहरुको माहौल देखिन थालेको छ ।

उमेरले ३० को हाराहारीमा रहेका पौडेल साविक हल्देकालीका निवासी हुन् । समाजसेवा सँगै स्थानीय स्तरमा लोकप्रिय रहेका उनी अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा  गतिशील इमान्दार र लगनशील  युवाको रुपमा  पर्दछन् ।

विकासे गतिबिधिमात्र नभई समाजसेवा क्षेत्रको सक्रियतामा पौडेल प्रभावशाली मानिन्छन् । स्थानीय विभिन्न सामाजिक संस्थामा कृयाशिल भएर काम गरेको अनुभव छ उनीसँग ।

पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई अध्यक्ष टिकट दिनु पर्ने धारणा राख्ने पौडेलले अध्यक्ष  दावी गरेसँगै सुर्यगढी गाउँपालिकाको अध्यक्ष दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । पौडेलको दावीसँगै पढे-लेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई अध्यक्षको टिकट दिनुपर्ने दवाब नेपाली काग्रेसको क्षेत्र तथा जिल्लामा पनि बढेको छ । 

राजधानी काठमाडौसँगै नजिक रहेको  सुर्यगढी पर्यटकीय र एतीहासिक क्षेत्रको रुपमा प्रख्यात पनि छ । नेपाली काङ्ग्रेसले आफ्नो जीतको लागि आम युवा र समाजका सबै क्षेत्र समेट्न सक्ने पौडेलनै सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चारैतिर चर्चा चलिरहेको बेला पौडेलको उम्मेदवारीले अन्य दललाई पनि उनलाई टक्कर दिन सक्ने उम्मेदवार चुन्न पर्ख र हेरको स्थितीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई