बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् ।&n"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सुर्यगडी गाउँपालिकाको अध्यक्षमा रामजी पौडेलको सम्भावना बलियो

५ बैशाख २०७४, मंगलवार १२:२६

बैशाख ५, काठमाडौँ | नुवाकोट जिल्लाको प्रभावशाली र काङ्ग्रेसको गढको रुपमा चीनिने सुर्यगढी गाउँपालिकाको अध्यक्षमा क्षेत्र न २ का सचिव रामजी पौडेल मैदानमा उत्रिएका छन् । 

सुर्यगढी गाउँपालिकाको सबै वडाबाट स्कुले बेलादेखिनै नेपाल बिद्यार्थी संघबाट काङ्ग्रेसको राजनीतिमा होमीएका पौडेल कांग्रेसको गाउँ इकाइदेखि क्षेत्रगत राजनीतिमा पनि पोख्त छन् । नेपाली काङ्ग्रेसमा निस्कलन्क छवि बनाएका उनी दर्जनौ सामाजीक संघ-सस्थामा आबद्ध रहेर समाजसेवा गरीरहेका छन् साथै उनी नेपाल रेड्क्रस सोसाइटी नुवाकोटको जिल्ला सद्स्य पनि हुन् । 

नुवाकोटको  सुर्यगढी गाउपालीकालाई जिल्लाकै मात्रै नभएर देश कै उत्कृष्ट गाउँपालिका बनाउने खाकाको साथै सुर्यगडी गाउँपालिकाको २० बर्से खाका बोकेर मैदानमा उत्रिएका पौडेल आम युवा माझ लोकप्रिय पनि छन् । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरु सङै नयाँ जोश जाँगरहरुले युवाहरुको माहौल देखिन थालेको छ ।

उमेरले ३० को हाराहारीमा रहेका पौडेल साविक हल्देकालीका निवासी हुन् । समाजसेवा सँगै स्थानीय स्तरमा लोकप्रिय रहेका उनी अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा  गतिशील इमान्दार र लगनशील  युवाको रुपमा  पर्दछन् ।

विकासे गतिबिधिमात्र नभई समाजसेवा क्षेत्रको सक्रियतामा पौडेल प्रभावशाली मानिन्छन् । स्थानीय विभिन्न सामाजिक संस्थामा कृयाशिल भएर काम गरेको अनुभव छ उनीसँग ।

पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई अध्यक्ष टिकट दिनु पर्ने धारणा राख्ने पौडेलले अध्यक्ष  दावी गरेसँगै सुर्यगढी गाउँपालिकाको अध्यक्ष दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । पौडेलको दावीसँगै पढे-लेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई अध्यक्षको टिकट दिनुपर्ने दवाब नेपाली काग्रेसको क्षेत्र तथा जिल्लामा पनि बढेको छ । 

राजधानी काठमाडौसँगै नजिक रहेको  सुर्यगढी पर्यटकीय र एतीहासिक क्षेत्रको रुपमा प्रख्यात पनि छ । नेपाली काङ्ग्रेसले आफ्नो जीतको लागि आम युवा र समाजका सबै क्षेत्र समेट्न सक्ने पौडेलनै सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चारैतिर चर्चा चलिरहेको बेला पौडेलको उम्मेदवारीले अन्य दललाई पनि उनलाई टक्कर दिन सक्ने उम्मेदवार चुन्न पर्ख र हेरको स्थितीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य