Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कैलाश विकास बैंकका शाखा म्यानेजरद्वारा करोडौं झ्वाम पारेर बेपत्ता

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख-६, कास्की | कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ ।

प्रारम्भिक अनुमान अनुसार बैंकको लामाचौर ब्रान्चमा उनले करिब २ करोड रुपैयाँ हिनामिना गरेको देखिएको बैंकका स्रोतले जानकारी दियो । ‘चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको भएको, तर बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी बेपत्ता भएका छन्,’ बैंक स्रोतका भनाई छ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउने र त्यसपछि मात्रै ठगीको यकिन बिबरण आउने छ । बैशाख १ गते सार्बजनिक बिदा र २ गने शनिवार परेका कारण बैंकले खनालको ठगी ३ गते मात्रै थाहा भएको थियो । बैंकले यस्तो जानकारी पाउने वित्तिकै सीआइबीमा उजुरी दिइएको छ ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ । सीआइबीकी प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।

‘बैंकले पोखराको लामाचौर शाखा प्रबन्धक रविचन्द्र खनाल बेपत्ता भएको भन्दै खोजी गरिदिन निवेदन दिएको छ, हामी खोजिरहेका छौं, अहिलेसम्म भेटिएको छैन,’ प्रवक्ता चौधरीले भनिन् ।