४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीको सक्रियतामा दसगजा मिचेर भारतलाई भन्सार बनाउन रोक

७ बैशाख २०७४, बिहीबार ०२:५६

वैशाख ७, विराटनगर | नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर निर्माण गर्न थालिएको भारतीय भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ। सशस्त्र र नेपाल प्रहरीले भन्सार निर्माणको काम अघि बढ्न नदिएका हुन् । एकतले पक्की भवन निर्माण भए पनि कर्कट पाताको छानो लगाउने लगायतका काममा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालयको पर्खालसँगै जोडेर दुई महिनादेखि भारतीय पक्षले जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो। भन्सार कार्यालयको काम कारबाही त्यही भवनबाट सञ्चालन गर्ने योजना अनुरूप नियमविपरीत भवन निर्माण भइरहेको थियो। दसगजा क्षेत्रभित्र भारतले एकपक्षीय रूपमा भन्सार कार्यालय बनाएपछि नेपाली पक्षले आपत्ति जनाउँदै आएको थियो ।

भारतले तीन कोठे पक्की भवन निर्माण गरेर कर्कट पाता लगाउने तयारीसमेत गरेको थियो। सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो। ‘एक तले भवन निर्माण सम्पन्न गरेर कर्कटपाता लगाउने तयारी गरिए पनि त्यसपछिको काममा रोक लगाइएको हो', एक प्रहरीले भने, ‘अहिले भवन निर्माणका सबै काम रोकिएको छ ।'

नेपाली सुरक्षाकर्मीको अवरोध र विरोधका बाबजुद भवन निर्माण सकेर रातको समयमा कर्कटपाता लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए। रातको समयमा कर्कटपाता लगाउने तयारी गरेको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल बेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराई नेत्रृत्वको टोली पुगेर कर्कटपाता लगाउन दिएन। ‘कर्कटपाता लगाउने तयारी भइरहेको थियो', एक सशस्त्र प्रहरीले भने, ‘तत्कालै टोली पुगेर काममा रोक लगाएको हो ।'

काममा रोक लगाउन पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच कर्कटपाता लगाउने र लगाउन नदिने विषयलाई लिएर केहीबेर घम्साघम्सी र भनाभन समेत भएको थियो। दोहोरो झडप र तनावको स्थिति उत्पन्न भएपछि दसगजा क्षेत्रनजिक ठूलो संख्यामा नेपाली सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। कर्कटपाता लगाउनेलगायतका काममा रोक लगाए पनि भारतीय पक्षले भवन भने भत्काएको छैन। भवनमा लगाउन भनेर ल्याइएको कर्कटपातासमेत त्यहाँबाट उठाइएको छैन।

सशस्त्र प्रहरीले कूटनीतिक मर्यादाविपरीत निर्माण गरिएको भवन तत्काल हटाउन भारतीय पक्षलाई चेतावनीसमेत दिएको थियो। प्रहरी निरीक्षक भट्टराईले भने, ‘भारतले कूटनीतिक मर्यादाविपरीत दसगजा क्षेत्र मिचेर भन्सार कार्यालयको भवन निर्माण गरिरहेको थियो। नियम मिचेर भवन बनाइएका कारण भारतीय अधिकारीसँगै समन्वय गरेर काममा रोक लगाइएको हो।' – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित