http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । फलेवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । फलेवा"/>
७ कार्तिक २०८१, बुधबार
पर्बत - PBT

फलेवास १ कार्कीनेटा वडा अध्यक्षमा मेघलाल सर्वसहमत चयन

७ बैशाख २०७४, बिहीबार ०४:२६

http://sajhasabal.com/uploads/contents/thumbs/पर्वत । फलेवास नगरपालिका १ कार्कीनेटाको वडा अध्यक्षमा मेघलाल विश्वकर्मा उठ्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट उनी सर्वसहमत रुपमा वडा भेलाबाट वडा अध्यक्षको लागि सिफारिस भएका हुन् । माओवादी केन्द्रबाट उक्त वडामा अन्य कुनै पनि व्यक्तिको दाबेदारी नपरेपछि उनी सर्वसहमत रुपमा अध्यक्षको लागि उम्मेदवार चुनिएका हुन् । पार्टीले औपचारिक रुपमा उनलाई घोषणा गर्नमात्रै बाँकी रहेको छ ।

भारतको कलकत्तामा हाउडा स्थीत सालीमार हिन्दी हाइस्कुलमा अध्ययन गर्ने क्रममा २०२८ सालमा तत्तकालीन भारतमा चलेको नक्सलबादी आन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका उनी नक्सलबादी कार्यत्रममा सहभागी भएका विद्यार्थीलाई भारत सरकारले पक्राउ गर्न थालेपछि नेपाल फर्किए । २०३५ सालमा  नेकपा मालेको सम्पर्क आए । तत्तकालीन जिल्ला सचिव देबबहादुर पौडेलको नेतृत्वमा रहि उनले जिल्ला तदर्थ समितिमा रहेर काम गरे । २०३७ सालमा मालेको सक्रिय सदस्यता प्रांप्त गरेका उनी २०४६ सालमा पार्टी एकिकरणपछि केहि समय एमालेमा रहे । कम्यूनिष्ट आन्दोलनमा सक्रिय रहदै २०५७ सालदेखि अर्धभूमिगत रुपमा तत्तकाली माओवादीको सम्पर्कमा रहि माओवादीलाई जनयुद्धका क्रममा सहयोग गरे ।

विंस २०६० सालमा दलित मुक्ति मोर्चा जिल्ला शाखा पर्वतको सदयस्ता लिएका उनले २०६४ सालमा नेकपा माओवादी जिल्ला सदस्यका रुपमा रहेर काम गरे । विं स २०७१ मा सचिवालय सदस्य हुदै दलित मुक्तिमोर्चाको अध्यक्ष समेत बने । अहिले दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य समेत रहेका छन् ।  मुक्तिमोर्चाको जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य समेत रहेका उनलाई फलेवास नगरपालिकाको नगरकमिटिको उपाध्यक्षको जिम्मा समेत पार्टीले दिएको छ ।

शिक्षक पेशाबाट अबकाश प्राप्त गरेपछि पूर्ण रुपमा राजनीतिमा लागेका उनी शिक्षक संघ, दलित संघ लगायतका सामाजिक संघसंस्थामा समेत रहेर काम गर्दै आइरहेका छन् । 

माओवादी केन्द्रले फलेवास १ कार्कीनेटाको वडा अध्यक्षमा वडा भेलाले सर्वसहमत रुपमा चयन गरेपछि उनी यतिबेला प्रचारप्रसारमा जुटेका छन् । स्थानीय तहको चुनाव नजिकिएसँगै उनी माओवादी केन्द्रबाट आफ्नो एजेण्डा लिएर साविक कार्किनेटाका प्रत्येक वडामा घरदैलो कार्यक्रममा हिडिरहेका छन् । 

वडा अध्यक्षमा विजय भए आफूले ५ बर्षमा कार्कीनेटालाई आर्थिक, भौतिक, विकास लगायतका आवश्यक कुराहरुमा समृद्ध बनाउने गुरुयोजना तयार पारेको उनी बताउँछन् । कार्कीनेटालाई समृद्ध र उत्कृष्ठ वडाका रुपमा विकसित गर्ने योजना आफू बाहेक अरुसँग नभएको उनको दाबी छ । 

कार्कीनेटामा रहेको बजारलाई विस्तार र व्यवस्थीत गदै कार्कीनेटा देखि डहरे लेकदेउरली सम्म र कार्कीनेटा साविक १ मारहेको कुलेन मन्दिरहुदै ठूलीभिरमा रहेको पुरानो दरबारसम्म केबलबार विस्तार गर्ने उनको योजना छ ।

कार्कीनेटामा पर्यटकलाई आकर्षण गर्नको लागि र डहरेदेउराली तथा पञ्चासेलाई पर्यटकीय गन्त्व्य स्थलका रुपमा परिचित गर्नको लागि प्रत्येक वडामा सडक संजालको विस्तारका साथै मुख्य सडकहरुलाई कालोपत्रे गर्ने उनी बताउँछन् ।

कार्कीनेटा बजारदेखि सिमबारी खहरेडाँडा हुदै साविक ९को पुरानो पानीको धारासम्म नयाँ ट्रयाक खोल्ने उनको योजना छ । त्यस्तै बालालहरीदेखि टिमुरबोट तिजुको खोलाहुदै भंगारीखोलादेखि पाखुरडाँडाको मुख्य सडकसम्म सडक संजाल विस्तार गर्ने उनको योजना छ । कार्कीनेटा बजारदेखि भुजुलस्वारा हुदै साइकलचोको रुटमा सडक जोड्ने योजना रहेको बताउँछन् ।

कार्कीनेटामा होमस्टेको प्रचुर सम्भावना भएकोले होमस्टेको सम्भवनाको अध्ययन गरी सोही अनुसार व्यवस्थापन गर्ने सो क्षेत्रमा रहेका अन्धाअन्धी धार्मिक तथा पर्यटकीय स्थलको विकास गर्ने योजना रहेको बताउँछन् । 

प्रत्येक घरधुरीलाई एक घर एक धाराको नीति अबलम्बन गरे अनुसार नपुगेका साविका वडाहरुमा विस्तार तथा स्वस्थ खानेपानीको ग्यारेण्टी गर्ने, सूचनाप्रविधिको विकास र पहुँच, युवा स्वरोजगार, साविकका विद्यालयहरुमा अंग्रेजीमाध्यमा अध्यनअध्यापन गराउने व्यवस्था मिलाउनुको साथै, अपाङ्गता, गरिब, दलीत सवै समुदायका विपन्न वर्गका बालबालिकालाई स्वास्थ्य उपचार, निशुल्क शिक्षा तथा खाजाको व्यवस्था, विद्यालयको स्तरोन्ती, बैज्ञानिक तथा व्यवसायी शिक्षा प्रणालीकोे विकास गर्ने उनको योजना छ ।

साविक २ मा रहेको सरस्वती प्राविलाई जग्गाको व्यवस्था मिलाई आवश्यक भौतिक तथा शैक्षिक विकासको लागि पहल गर्नुको साथै सोहि क्षेत्रमा बैज्ञानिक र प्राविधिक शिक्षालयको स्थापना गर्ने उनको सोच छ ।

युवाहरुलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि व्यवसायीक कार्यक्रम संचालन गर्ने बजेटको व्यवस्था मिलाई विदेश पलाउन हुनबाट रोक्ने उनको सोच छ । खेलकुद  विकासको लागि आवश्यक जमिनको प्रर्वन्ध मिलाई खेलकुद मैदान निर्माणका साथै शान्ति सुरक्षाको  प्रत्याभूति गराउने उनले बताए ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै वडास्तरमै ३० शैयाको अस्पतालको निर्माण गरी जिल्ला स्तरबाट प्राप्त हुने सेवासुविधा सोही वडाबाट दिनुको साथै एम्बुलेन्सको व्यवस्था मिलाउने लक्ष्य रहेको उनले बताए ।  एक घर एक लघुउद्यमको विकास नीति अबलम्बन गरि सोही अनुसार बजारव्यवस्थान र आवश्यक भण्डारनको व्यवस्था मिलाउने र कृषकलाई उत्पादनमुखि बनाउँदै एकिकृत कृषि तथा पशुपालन योजना तयार गर्ने उनको सोच छ ।

डहरेलेकमा भएको पानीका मुलबाट स्रोत जुटाएर उर्वरभूमीमा कृषि परियोजना अनुसार कृषि प्राणालीको विकास गर्ने उनी बताउँछन् । अम्फेडाँडा, ठूलीभिर बालालहरीको पहरो जस्ता विभिन्न ठाउँबाट रहेको तामा, सिलाजित खनिजपदार्थ को आवश्यक अनुसन्धान तथा उत्खनन्को लागि आवश्यक पहल गर्ने, डहरेदेउराली लेक, पञ्चासेमा रहेका विभिन्न जडिबुटीको विकास र प्रर्बद्धनमा जोड दिने उनको सोच छ । 

वडा अध्यक्षमा आफूले जितेका दलित हकअधिकारको लागि आफू डटेर लाग्ने उनी बताउँछन् । दलित समुदायको विकास र न्यायका लागि आफूले दलित मुक्ति मोर्चाका रहेर काम गरिरहेको बताउँदै उनले  वडा अध्यक्षमा जीत भए सवैलाई समान बनाउन नीति निर्माण गर्ने बताउँछन् । महिला, दलित, एकल महिला, जेष्ठनागरिक, अपाङ्गता, शहिद परिवार लगायतका राज्यले विशेष अधिकार दिएका समुदायको उत्थान र विकासका लागि आफू लागि पर्ने बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?