बैशाख ७, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । 

प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ७, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । 

प"/>

2026-07-25 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध राष्ट्र बनाउन काँग्रेसले जित्नुपर्छ: कोइराला


बैशाख ७, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । 

प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा प्रजातान्त्रिक विचार समाजको भूमिका’ विषयक अन्तक्र्रियामा महामन्त्री डा कोइरालाले काँग्रेस सरकारको पालामा मुलुकमा विकास निर्माणका काम अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिनका लागि भए पनि काँग्रेसले जित्नुपर्ने बताउनुभएको हो । 

महामन्त्री डा कोइरालाले राष्ट्र निर्माण गर्ने जिम्मा बौद्धिक वर्गको रहेको भन्दै पार्टीलाई सही सुझाव, सल्लाह दिन बौद्धिक वर्गलाई आग्रह गर्नुभयो । उहाँले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठे वा पार्टीको उम्मेदवारलाई सहयोग नगरे तत्काल कारबाही गरिने बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनका लागि दलहरुको सहमति आवश्यक रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो – “संसद्को ठूलो र संविधान निर्माणको नेतृत्व गरेको दलको हैसियतले सबैलाई समेटेर अगाडि बढ्ने मुख्य दायित्व काँग्रेसको हो ।” 

स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका थापाले काँग्रेसले वैशाख १० गतेदेखि प्रचारप्रसारको कामलाई तीव्रता दिने बताउनुभयो । 

काँग्रेसका सांसद सकलदेव सुतियारले स्थानीयस्तरमा जनतासँग भिजेको व्यक्तिलाई टिकट नदिए निर्वाचनमा काँग्रेसले जित्न नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – “मधेसी दललाई समेटेर निर्वाचनमा जानुपर्छ ।” 

वरिष्ठ पत्रकार हरिहर विरहीले पार्टीको निर्णयलाई कार्यकर्ताले मानेर अगाडि बढेमात्र काँग्रेसको जित सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो – “एउटै विचार एउटै कार्यक्रम लिएर अगाडि बढेमात्र सोचेजस्तो परिणाम आउन सक्छ ।” 

समाजका अध्यक्ष डा केदारनरसिंह केसी, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेलगायतले समाजले पार्टी र गुठभन्दा माथि उठेर प्रजातन्त्रवादीहरुलाई एक ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य वीरेन्द्र थपलिया, प्राध्यापक कपिल श्रेष्ठ, कानुनविद् दिनेश त्रिपाठी, इञ्जिनियर सरोज देवकोटाले काँग्रेसले लिएको नीति देशका लागि महत्वपूर्ण नीति भएकाले स्वदेशमै रोजगारी र विकास हुने गरी स्थानीय तहको घोषणापत्र बनाउन पार्टीलाई सुझाव दिनुभयो । 

लामो समयदेखि प्रजातन्त्रको विकास र विस्तारका लागि काम गर्दै आएको समाजको ४० भन्दा बढी शाखा विस्तार भइसकेको छ । स्थानीय तहको घोषणापत्रमा समावेश गर्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष वाग्ले र महासचिव गोकर्ण अर्यालले विदेश र छिमेकी नीति, भ्रष्टचार नियन्त्रण नीति, निर्वाचनमा विचार समाजको भूमिकालगायतका कुरालाई समेटी पाँच पृष्ठ लामो सुझाव पेस गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक