2026-07-25 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मत हाल्न जान दुई दिन खर्चनु पर्ने बाजुरा गुम्बा गाउँवासीको बाध्यता

वैशाख ७, बाजुरा । विसं २०७० को दोस्रो संविधानसभाको चुनावमा बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका स्थानीय बासिन्दाले आफ्नै गाउँमा मतदान केन्द्र हुनुपर्ने माग गरेका थिए । मतदान गर्न खाद्यवस्तु बोकेर जानुपर्ने बाध्यता रहेको भन्दै उनीहरुले त्यतिखेर गाउँमा मतदान केन्द्र हुनुपर्ने माग राखेका थिए ।

गाउँको राजनीतिक पहुँच कम भएकाले त्यो बेला कसैले गुनासो नसुनेको उनीहरु बताउँछन् । मतदान गर्न अप्ठ्यारो भन्ने सूचना सार्वजनिक भएपछि दोस्रो संविधानसभाको चुनावका तत्कालीन निर्वाचन आयोगका प्रवक्ता डा अयोधीप्रसाद यादवले समस्या भएमा मतदान केन्द्र थप्न सकिने, यो पटक नभए अर्को चुनावमा थपिदिने आश्वासन दिएका उनीहरु सम्झन्छन् । डा यादव अहिले निर्वाचन आयोगका मुख्य आयुक्त हुन्।

त्यस्तै, जिल्ला निर्वाचन कार्यालय बाजुराका तत्कालीन निर्वाचन अधिकारी पद्मबहादुर राउतले गुम्बाको समस्याका बारेमा राजनीतिक दलले आफूहरुलाई कुनै जानकारी दिएनन्, आफू नयाँ भएकाले केही जानकारी नहुँदा यो वर्ष नसकिने भनेर असमर्थता प्रकट गरेका थिए। उनले त्यो बेला अर्को पटकको चुनावको बेला गाउँमै मतदान केन्द्र स्थापना गर्ने स्थानीयवासीलाई आश्वासन दिएका थिए। 

अहिलेको स्थानीय चुनावमा गाउँमै मतदान केन्द्र हुनेमा गुम्बावासी ढुक्क थिए । तर जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी कार्यलय र जिल्ला निर्वाचन कार्यालयका प्रमुखको मतदान केन्द्र सिफारिस समितिले यो वर्ष पनि सिफारिस नगर्दा पुरानै समस्या भोग्न बाध्य भएका छन्, उनीहरु ।

बाजुराबाट करिब ४५ कोस टाढा रहेको यो गाउँका बारेमा अहिले पनि कसैले सोचेका छैनन् । जिल्ला निर्वाचन अधिकारी सुभद्रा गौतमले पनि यो वर्ष ढिला भयो, अब अर्को पटक सिफारिस गर्ने मात्र विकल्प रहेको बताइन्। 

आफूलाई बाजुराको भौगोलिक विकटताका बारेमा कुनै जानकारी नभएको र बल्ल अहिले मात्र थाहा पाएको उनी बताउँछिन्। मतदान केन्द्र स्थापनाका बारेमा जिल्लास्थित राजनीतिक दल र नागरिक समाजको सहमति रहेको गौतमको भनाइ छ ।

मतदान केन्द्र सिफारिस गर्ने बेलामा कुनै राजनीतिक दलले कुरा नउठाएको गौतमको गुनासो छ । अर्को मतदाता कम भएकाले पनि मतदान केन्द्र स्थापना गर्न नसकिएको भनेर कार्यालय पन्छिरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पनि अहिले ढिला भइसकेको बताएका छन्। अब अर्को पटक विचार गर्न सकिने निर्वाचन आयोगको भनाइ छ । साविकको बिच्छँया–१ र अहिले हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न दुई दिन समय खर्च गर्नुपर्ने भएको छ ।

गुम्बा गाउँमा २६ परिवार बसोबास गर्ने भए पनि निर्वाचन कार्यालयले भने हिमाली गाउँपालिका–३ मा रहेको गङ्गा निमावि बौडीमा मतदान केन्द्र स्थापनाका लागि सिफारिस गरेको छ ।

वडा नं ३ गुम्बा गाउँमा २८ जना मतदाता रहेका छन् । मतदान केन्द्रमा एक दिन लगाएर पुग्नुपर्ने भएपछि गुम्बा गाउँका अधिकांश जनता मतदान गर्नबाट वञ्चित हुने स्थानीय छिरिङ कुँवरले बताए। उनले भने – “मतदान गर्न एक दिन लगाएर जानुपर्छ, फर्कन पनि एक दिन लाग्ने गर्छ । दुई दिन लगाएर मत हाल्न जानुभन्दा नजानु वेश हुन्छ ।”

बिच्छँयाका स्थानीय पत्रकार धर्मलाल सुनारका अनुसार युवालाई त मतदान केन्द्रमा एक दिन पुग्नै लाग्छ । त्यो दिन मतदान गरेर घर फर्कन सक्ने वातावरण हँुदैन । त्यसैले दुई दिन समय खर्चनु पर्छ ।

एकातिर टाढा अर्कोतिर जङ्गलको अप्ठ्यारो बाटो । गुम्बा गाउँबाट मतदान केन्द्र भएको ठाउँमा पुग्न युवालाई सात घन्टाभन्दा बढी समय लाग्ने सुनारको भनाइ छ ।

गाउँमा तीन जना ६० वर्षभन्दा माथिका बूढापाका रहेका छन् भने सात जना महिला मतदाता छन् । 

जिल्लाको अति विकट गुम्बा गाउँलाई राज्यले बेवास्ता गरेकाले निर्वाचनमा मतदान गर्ने अधिकारबाट त्यहाँका नागरिक वञ्चित हुनुपरेको नागरिक अगुवा दीर्घराज पाध्यायले बताए।

सदरमुकामबाट नै चार दिन पैदल लाग्ने बिच्छँया गाउँमा राज्यको पहुँच अहिलेसम्म पुग्न सकेको छैन ।

यस्तै गौमुल गाउँपालिका–१ अन्राडी गाउँका बासिन्दाले पनि तीन÷चार घन्टा लगाएर मतदान गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । अर्को गाउँमा रहेको अम्लीस माविमा मतदान गर्न जान टाढा भएको उनीहरुको गुनासो छ । बाजुरामा ६४ हजार ९४९ मतदाता रहेका छन् । यहाँ ६९ मतदान केन्द्र स्थापनाका लागि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक