२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

स्थानिय निर्वाचन शान्तीपुर्णरुपमा सम्पन्न गर्ने दलहरुको प्रतिबद्धता

८ बैशाख २०७४, शुक्रबार १२:३९

मकरराज धामी/बैशाख ८, बझाङ । यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई शान्तीपुर्ण र निर्वाघरुपमा सम्पन्न गर्न बझाङ राजैतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । 

जिल्ला प्रशाशन कार्यालयमा बसेको जिल्लाका क्रियासिल राजनैतिक दलका प्रमुख, जिल्ला बाट प्रतिनिधित्व गरिरहनु भएका व्यवस्थापिका संसद सदस्यहरु गाँउपालिका तथा नगरपालिकाका मुख्य निर्वाचन अधिकृत तथा सुरक्षा निकायाका प्रमुखहरुको उपस्थिति रहेको बैठकमा स्थानिय तहको निर्वाचन सम्पन्न गर्न आवश्यक हरेक अभ्यासका लागी तयार रहने प्रतिवद्धता व्यक्त गरेका हुन । 

निर्वाचन प्रचारप्रसारको क्रममा गरिने चुनावि सभा,जुलुस¥याली आदी मुडभेड नहुने तरिकाले एकै ठाँउ,एकै समयमा नगर्ने, एक अर्काको कार्यक्रम नविथोल्ने, अरुलाई दवाव नदिने, डरत्रास नदेखाउने  आफ्ना कार्यकर्तालाई हातहतियार लिई निर्वाचनमा अवधिभर हिडडुल गर्न नदिने, वालवालिकाको प्रयोग नगर्ने मत सदर गर्न मतदाता शिक्षामा जोड दिने जस्ता बुदाँहरु माथि प्रतिवद्धता व्यक्त गरेका हुन । 

राजनैतिक दलहरु वीच एक आपसमा र राजनैतिक दलहरु तथा निर्वाचनमा खटिएका पदाधिकारीहरु लगायत स्थानिय प्रसासन तथा सुरक्षा निकायहरु विच समन्वय गरि स्थानिय तहको निर्वाचन आचारसहिंता २०७३ को पुर्णरुपमा पालना गर्ने समेत प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने