बैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थान"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

देवचुली नगरपालिकामा कांग्रेसका को–को उम्मेदवार (कस्को पलरा भारी ?)

२०७४, ९ बैशाख शनिबार ०४:२७

बैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थानिय तहमा योग्य उम्मेदवारको ताँतीले पार्टीलाई टिकट वितरण गर्न कठिनाई महसुस भएको छ ।

जिल्लाको देवचुली नगरपालिका र गैडाकोटमा कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईराला (संस्थापन पक्ष), र शेरबहादुर देउवाको गरि दुई गुटमा टिकट वितरण हुने देखिएको छ ।

देवचुली महामन्त्री कोईरालाकै निर्वाचन क्षेत्रमा परेपनि देउवाको उम्मेदवारको पनि ताँती छ । देवचुली नगरपालिकामा शेर बहादुर देउवाको खेमाबाट मेयर पदका मुख्य सम्भावित उम्मेदवार अशोक बस्ताकोटी एक्लो मात्र छन् भने कोईरालाको खेमाबाट पुर्ण कुमार श्रेष्ठ, देवी प्रसाद खनाल, धर्मा बस्याल र डिल्लीराम कडरिया आकांक्षी देखिएका छन् । यि पांच मेयरका उम्मेदवार मध्ये लोकप्रिय र प्रसिद्ध उम्मेदवार अशोक बस्ताकोटी रहेको नगरपलिकामा व्यापक चर्चा छ ।

बस्ताकोटी २०४६ सालको आन्दोलनबाट नेविसंघको कार्यकर्ता भई आफनो राजनितिक कैरियर शुरु गरेका थिए । बस्तोकोटी ३ कार्यकाल नेविसंघ नवलपरासीको जिल्ला अध्यक्ष र २ कार्यकाल नेविसंघको केन्द्रिय सदस्य समेत रही आएका छन् । बस्तोकोटीको लामो राजनितिक ईतिहास र मेयरमा हुने विभिन्न गुणका सम्भावना बोकेको उम्मेदवारको रुपमा लिइएको छ । बस्ताकोटी शेर बहादुर देउवाको नजिकको व्यक्ति भएकै कारण उनी मेयरको टिकट पाउन सम्भावना प्रबल देखिएको छ ।

त्यस्तै उप मेयरमा देउवा खेमबाट  रेनुका न्यौपाने, लक्ष्मी बस्ताकोटी छन् भने कोईराला खेमबाट शान्ती तिवारी, निर्मला कण्डेल र शारदा पौडेल आकांक्षी देखिएका छन् । जिल्ला प्रदेश नंं ४ र प्रदेश नं. ५ गरि दुईप्रदेशमा विभाजित छ । हाल प्रदेश नंं ४ मा पर्ने नवलपुर क्षेत्रमा ४ नगरपालिका र ५ गाउँपालिका पर्दछन् भने प्रदेश नं. ५ परासी क्षेत्रमा ३ नगरपालिका र ३ गाउँपालिका परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ