2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अध्यक्षका ३ र उपाध्यक्षका ६ आकांक्षीविच एमाले वडिगाडमा सर्बसम्मत उम्मेद्वार

कृष्ण कँडेल/बैसाख ९, बागलुङ । नेकपा एमालेले आगामी स्थानिय तहको निर्वाचनका लागि बडिगाड गाउँपालिकाबाट उम्मेद्वार सर्बसम्मत चयन गरेको छ । 

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यको पनि नाम टुङ्ग्याईएको हो । निरन्तरको छलफल पछि एमाले बडिगाड गाउँपालिका स्तरिय कमिटिको बैठकले सर्बसम्मत उम्मेद्वार चयन गरेको क्षेत्रीय सदस्य दिनेश शर्माले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्षमा मेयरसिंह पाईजा र उपाध्यक्षमा  उषा घिमिरेलाई चुनाब लडाउने निर्णय गरेको हो । यसअघि गाउँपालिका अध्यक्षमा ३ जना र उपाध्यक्षमा ६ जनाको दाबि रहेको थियो । छलफलपछि सर्बसम्मत गरेर १÷१ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको शर्माको भनाई छ । 

वडा नम्बर १ को अध्यक्षमा बिना थापा, २ को अध्यक्षमा विष्ष्णु भुषाल र ३ को अध्यक्षमा खडकबहादुर पुन लाई सर्बसम्मत गरिएको छ ।  त्यस्तै वडा नम्बर–४ मा प्रेम गलामी, ५ मा कमलराज आचार्य, ६ मा भने मनकुमारी श्रेष्ठ र फौजबहादुर केसी गरि वडा अध्यक्षमा दुई जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको छ । 

यता वडा नम्बर–७ मा भने दिनेश शर्मा, गंगा गुरुङ, दिपक रायमाझि र कृष्णब घर्ती चारै जनाले दाबि नछोडेपछि सबैको नाम जिल्ला पठाईने भएको छ । वडा नम्बर–८ बाट अध्यक्षमा यमबहादुर श्रीस र वडा नम्बर–९ मा कृष्णबहादुर खत्रीको नाम सर्बसम्मत सिफारिस भएको छ । वडा नम्ब–१० मा भने वडा अध्यक्षको उम्मेद्वार टुङ्गो लाग्न बाँकी रहेकोे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई