प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएका"/>

2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

फुँयालकाे नेतृत्वमा ३१ सदस्यिय नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमिति गठन


प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप ।

नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएकाे भेलाले फुँयालकाे नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति बनाएकाे हाे । नवगठित मन्थली नगर कार्य समितिकाे महिला उपाध्यक्ष सत्यकला महत, उपाध्यक्ष इश्वरप्रसाद ढुङ्गेल,सचिव भिमबहादुर नेपाली, अर्थसचिव इश्वरीप्रसाद घिमिरे,सहसचिव लक्ष्मणकुमार अधिकारी,महिला सहसचिव मञ्जु कार्की, समाबेशी सहसचिव यमकुमारी मगर र रामबहादुर माझी,अर्थ महिला सहसचिव सविना पाैडेल रहेका छन् ।

यसैगरी मन्थली नगरपालिकाका १४ वडाबाट १/१ जना सदस्य चयन गरिएको नवगठित कार्यसमितिका सचिव नेपालीले जानकारी दिनुभयाे । यस्तै कार्यसमितिमा ३ जना महिला सदस्य र ४ जना खुल्ला सदस्य समेत रहेकाे उहाँले बताउनुभयाे ।

नेपाल शिक्षक संघ मन्थली नगर संयाेजक कुश दाहालकाे अध्यक्ष तथा नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरेकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष घिमिरेले शिक्षककाे पेशाग हकहितका लागि संगठन निरन्तर लागि परिरहेकाे बताउनुभयाे । शिक्षकलाई पछिल्लाे समय राजनीति गर्ने गरेकाे अाराेप लाग्न थालेकाे बताउदै उहाँले पेशागत जिम्मेवारी र कर्तव्यकाे ख्याल गर्दै गुणस्तरीय शिक्षा प्रदानमा जाेड दिन शिक्षकहरूलाई अाग्रह गर्नुभयाे ।

घिमिरेले अासन्न स्थानीय निर्वाचनमा अा- अाफ्नाे क्षेत्रबाट सहयाेग गर्न शिक्षकहरूलाइ अाग्रह गर्नुभयाे ।

यसैविच नवगठित कार्य समितिका सचिव भिमबहादुर नेपालीले नगरपालिका भित्रका शिक्षकका पेशागत हकहित तथा समस्या समाधानका लागि समिति लागिपर्ने बताउनुभयाे ।

उहाँले शिक्षककाे पेशागत सीपविकासमा जाेडदिदै गुणस्तरीय शिक्षा प्रदानगर्न अाफ्नाे क्षेत्रबाट सबै शिक्षक लागि पर्ने बताउनुभयाे ।उहाँले नगरका विद्यालयलाई शैक्षिक क्षेत्रमा नमुनाकै रूपमा विकास गर्न अाफुहरू गम्भीर भएर अाफुहरू लाग्ने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई