प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएका"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

फुँयालकाे नेतृत्वमा ३१ सदस्यिय नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमिति गठन

९ बैशाख २०७४, शनिबार ०७:१६


प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप ।

नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएकाे भेलाले फुँयालकाे नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति बनाएकाे हाे । नवगठित मन्थली नगर कार्य समितिकाे महिला उपाध्यक्ष सत्यकला महत, उपाध्यक्ष इश्वरप्रसाद ढुङ्गेल,सचिव भिमबहादुर नेपाली, अर्थसचिव इश्वरीप्रसाद घिमिरे,सहसचिव लक्ष्मणकुमार अधिकारी,महिला सहसचिव मञ्जु कार्की, समाबेशी सहसचिव यमकुमारी मगर र रामबहादुर माझी,अर्थ महिला सहसचिव सविना पाैडेल रहेका छन् ।


यसैगरी मन्थली नगरपालिकाका १४ वडाबाट १/१ जना सदस्य चयन गरिएको नवगठित कार्यसमितिका सचिव नेपालीले जानकारी दिनुभयाे । यस्तै कार्यसमितिमा ३ जना महिला सदस्य र ४ जना खुल्ला सदस्य समेत रहेकाे उहाँले बताउनुभयाे ।

नेपाल शिक्षक संघ मन्थली नगर संयाेजक कुश दाहालकाे अध्यक्ष तथा नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरेकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष घिमिरेले शिक्षककाे पेशाग हकहितका लागि संगठन निरन्तर लागि परिरहेकाे बताउनुभयाे । शिक्षकलाई पछिल्लाे समय राजनीति गर्ने गरेकाे अाराेप लाग्न थालेकाे बताउदै उहाँले पेशागत जिम्मेवारी र कर्तव्यकाे ख्याल गर्दै गुणस्तरीय शिक्षा प्रदानमा जाेड दिन शिक्षकहरूलाई अाग्रह गर्नुभयाे ।

घिमिरेले अासन्न स्थानीय निर्वाचनमा अा- अाफ्नाे क्षेत्रबाट सहयाेग गर्न शिक्षकहरूलाइ अाग्रह गर्नुभयाे ।

यसैविच नवगठित कार्य समितिका सचिव भिमबहादुर नेपालीले नगरपालिका भित्रका शिक्षकका पेशागत हकहित तथा समस्या समाधानका लागि समिति लागिपर्ने बताउनुभयाे ।

उहाँले शिक्षककाे पेशागत सीपविकासमा जाेडदिदै गुणस्तरीय शिक्षा प्रदानगर्न अाफ्नाे क्षेत्रबाट सबै शिक्षक लागि पर्ने बताउनुभयाे ।उहाँले नगरका विद्यालयलाई शैक्षिक क्षेत्रमा नमुनाकै रूपमा विकास गर्न अाफुहरू गम्भीर भएर अाफुहरू लाग्ने बताउनुभयाे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य