बैशाख ९, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । उनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ९, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । उनल"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैशाख ३१ मै निर्वाचन हुन्छ, मिति सार्न सकिँदैन्: यादव

९ बैशाख २०७४, शनिबार ११:४५


बैशाख ९, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । उनले भने,‘बैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन्।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले बैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन् । उनले भने,‘बैशाख ३१ गते निर्वाचन हुन्छ, अब यो मिति सर्दैन्, आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन्।’

उनले आयोगले बैशाख ३१ गतेको निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए। उनले भने,‘निर्वाचनको सुनिश्चितता भैसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन् ।’ यद्धपी उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए ।

यादवले भने,‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारेपनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’

निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थान्मा पुर्याउन आजैबाट ढुवानीको काम सुरु भएको जानकारी दिँदै यादवले भने,‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ।’ निर्वाचन आयोगको कामकारवाही देखेर निर्वाचनको सुनिश्चितता भएको भन्दै संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधिहरुले पनि नेपालको डेमोक्रेसी ईन अपरेसन भनेर प्रशंसा गरेको उनको भनाई थियो ।

निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि आयोगले ज्यादै मेहनतका साथ काम गरिरहेको जानकारी दिँदै यादवले भने,‘हरेक विहान नयाँ समस्याहरु आउँछन्, जुनसुकै समस्या आएपनि त्यसलाई समाधान गर्ने क्षमता आयोगसँग छ।’ उनले आयोगले गर्नुपर्ने कामहरुमा केही समस्या आए समाधान गर्न आयोग तयार र सक्षम रहेको दाबी गरे ।

दलहरुवीच अहिलेसम्म पूर्ण रुपमा सहमति भैनसकेपनि पछिल्ला दिनहरुमा सहमतिको लािग घनिभुत रुपमा छलफल हुुनु सकारात्मक भएको उल्लेख गर्दै दलहरुवीच सहमति होस् भनेर आफूहरुले आशा लिएको यादवको भनाई थियो ।

उनले आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो भेटवार्ता भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले निकासको लागि दलहरुसँग आफूले पहल गरिरहेकोबारे आफूलाई जानकारी दिएको यादवले बताए ।

त्यस्तै सुरक्षाको पूर्ण तयारी भैसकेको समेत उनले बताए । यादवले भने,‘यसपालिको निर्वाचनको सुरक्षा ७० को भन्दापनि उच्च स्तरको छ, वडा, गाउँदेखि सबै ठाउँमा सुरक्षा पुर्याउने तयारी भएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने