पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् ।
२०८३, १८ जेष्ठ सोमबार
पर्बत - PBT

जलजला गाउँपालिमामा तीनको दाबेदारी-टिकट नपाए पार्टीलाई असहयोग गर्ने धम्की

२०७४, ९ बैशाख शनिबार १२:१४

पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् ।

 तीन जनालेनै आफूलाई शक्तिशाली र माथिल्लो योग्यता भएको भन्दै तीन जनाले दाबेदारी दिएपछि माओवादी केन्द्रको जलजला गाउँपालिकामा विवाद देखिएको छ । माओवादी केन्द्र एक जुट हुदै गाउँगाउँमा नागरिकलाई सचेतना जनाउन सक्ने हो भने माओवादी केन्द्रको पकेट क्षेत्रका रुपमा समेत उक्त गाउँपालिकालाई हेरिन्छ तर तीन जना मेयरको टकराबले प्राप्त हुने मत पनि हट्ने हो कि भन्ने पनि आशंका पैदा भएको छ । 

माओवादी केन्द्रबाट जलजला गाउँपालिकामा मेयरको लागि मनबहादुर कार्की, दिपक आचार्य र दुर्गा बहादुर दर्जीले दाबी गरीरहेका छन् । कार्की माझफाँट ३ का बासिन्दा हुन भने आचार्य धाइरिङ ७ र दर्जी पनि सोही साविक धाइरिङ गाविसका हुन् ।

विशेष स्रोतका अनुुुसार मनबहादुर कार्कीले आफूले मेयरको टिकट प्राप्त नगरे पार्टीलाई असहयोग गर्ने धम्की दिएको बुझिएको छ । मेयरको टिकट कुनै पनि हालतमा आफूले पाउनुपर्छ भन्दै उनले पार्टीलाई असहयोगको बातरण बनाउने भन्दै धम्की दिएका छन् ,एक उच्च स्रोतले भन्यो । स्रोतका अनुसार उनले पार्टीलाई असहयोग गरेतापनि माओवादीको जित हुने बताइएको छ ।

 नेपाली काँग्रेस र नेकपा एमाले स्थानीय तहको पुर्नसंरचना अनुसार उक्त क्षेत्रमा तय गरिएको केन्द्रको विवाद चुलीएपछि स्थानीयबासीले एमाले र काँग्रेसलाई भोट नदिनेमा देखिएका छन् । काँगेस र एमालेकै कारण केन्द्रको विवाद भएको भन्ने स्थानीय बासीको बुझाइ छ जसले गर्दा माओवादीलाई फाइदा हुने देखिएको छ । आयोगले माझफाँटको मल्लाजमा केन्द्र तोकेको थियो तर स्थानीयबासीले विरोध गरेपछि केन्द्र  धाइरिङको मिलनचोकमा सरेको थियो त्यसैले मल्लाज माझफाँटका स्थानीयबासी काँग्रेस र एमालेप्रति आक्रोशित छन् । उनीहरु मल्लाजमानै केन्द्र बनाउन सक्ने पार्टीलाई भोट दिने बताउँदै आएका छन् । तर अन्य वडाका बासिन्दा मल्लाज केन्द्रको विरोधी बनेका कारण पनि एमाले र काँग्रेसको भोट घट्ने र माओवादी केन्द्रलेनै जित्ने देखिन्छ । तर माओवादी भित्रनै पार्टीले मेयरको टिकट दिए सहयोग नत्र असहयोग गर्ने प्रतिसोधको भावना कारण भने ठूला दललेनै हत्याउने हुन कि भन्नेको अट्कलबाजी पनि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ