प्रज्वल पाैडेल । बैशाख ९,काठमाण्डौं । नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रम आयोजना गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन समय नजिकिँदै जाँदा प्रमुख दल द्वारा रामेछापमा उम्मेदवारकाे छलफल सँगै सार्वजनिक हुन थालेका हुन् । माओवादीले जिल्लाकाे मुख्य मानिएकाे मन्थली नगरपालीकाकाे मेयरमा पूर्वसभासद तारानारायण श्रेष्ठलाई र उपमेयरमा रीतादेवी घिमिरेलाई उम्मेदवार यश अगाडि नै सार्वजनिक गरेकाे थियाे थियाे । यस्तै नगरपालिकाका १० वटा वडाका वडा अध्यक्षका उम्मेदवारकाे नाम अाज सार्वजनिक गरिएकाे माअाेवादी केन्द्रका जिल्ला नेता रविन्द्र पाैडेलले जानकारी दिनुभयाे ।
पाैडेलका अनुसार.. काे काे बने वडा अध्यक्षमा उम्मेदवार
मन्थली नपा वडा नं १ नारायणदास श्रेष्ठ
मन्थली नपा वडा नं २ कुम्भराज तामाङ
मन्थली नपा वडा नं ३ रमेशबहादुर वरुवाल
मन्थली नपा वडा नं ४ वीरेन्द्र बज्रचार्य
मन्थली नपा वडा नं ५ रामबहादुर कार्की
मन्थली नपा वडा नं ७ श्रीबहादुर माझी
मन्थली नपा वडा नं ९ दिलिपराज गिरी
मन्थली नपा वडा नं १० भरतबहादुर बोहोरा
मन्थली नपा वडा नं ११ भिमबहादुर थापामगर
मन्थली नपा वडा नं १३ केदार श्रेष्ठ ।
यसैविच मन्थली नपा अन्तरगतका वडा नं ६, ८, १२ र १४ को वडाध्यक्षको उम्मेदवार घोषणा गर्न बाँकी रहेकाे पाैडेलले जानकारी दिनुभयाे । उहाँले जिल्लाका अन्य क्षेत्रका उम्मेदवार छलफल अगाडि बढिरहेकाले छिट्टै घाेषणा हुने बताउनुभयाे ।
कार्यक्रममा वक्ताहरूले मतदाता समक्ष अाफ्ना याेजना, नीति तथा कार्यक्रम जानकारी गराउन अाग्रह गरेका छन् । जनता समक्ष पार्टीका स्पष्ट धारणा पुर्याउन सके अाफुहरूले सबै स्थानमा जित्ने बताएका छन् । जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाले तिव्रता पाएकाे छ ।