पर्वत । दुई दशकपछि वैशाख ३१ का लागि घोषित स्थानीय तह चुनावको व्यापक तयारी गरिरहेका   राजनीतिक दल र नागरिक समाजका अगुवाले चुनाव टार्ने वा सार्ने बहाना  गरिए आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएका छन्।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दुई दशकपछि वैशाख ३१ का लागि घोषित स्थानीय तह चुनावको व्यापक तयारी गरिरहेका   राजनीतिक दल र नागरिक समाजका अगुवाले चुनाव टार्ने वा सार्ने बहाना  गरिए आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएका छन्। 
2026-09-19 09:01 PM
पर्बत - PBT

चुनाव सार्न खोजिए सशक्त विरोध

पर्वत । दुई दशकपछि वैशाख ३१ का लागि घोषित स्थानीय तह चुनावको व्यापक तयारी गरिरहेका   राजनीतिक दल र नागरिक समाजका अगुवाले चुनाव टार्ने वा सार्ने बहाना  गरिए आफूहरूलाई मान्य नहुने प्रतिक्रिया दिएका छन्। 


जिल्लास्थित राजनीतिक दल तथा तिनका भ्रातृ संघ–संगठनका जिम्मेवार नेता–कार्यकर्ताले वैशाख ३१ को चुनावको मिति सार्ने ‘प्रपञ्च’ गरिए आफ्नै दलविरुद्धसमेत सशक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्।  वैशाख ३१ नै स्थानीय चुनावको अन्तिम मिति भएकाले विकल्प नखोज्न नेतृत्वलाई सुझाव दिए।


जिल्लामा चुनावको तयारी गरिरहेका ठूला दल  नेपाली कांग्रेस, नेकपा एमाले,र नेकपा माओवादी केन्द्रका अगुवा तथा युवा नेता–कार्यकर्ता चुनावको मिति सार्नै नदिने अडानमा छन् ।उनीहरूले वैशाख ३१ नै स्थानीय चुनावको अन्तिम मिति भएकाले विकल्प नखोज्न नेतृत्वलाई सुझाउदै चुनाव प्रचारप्रसार अभियानमा गाउँगाउँमा पुग्न थालेका छन् ।  राजनीतिक दलमा आबद्ध  स्थानीयस्तरका नेता–कार्यकर्ता वैशाखको चुनाव सार्न खोजिए देशको राजनीतिक अवस्था झन् बिग्रने चिन्तामा रहेको बताउँछन् ।


सरकारमा रहेको ठूलो दल नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुनप्रसाद जोशीले कुनै पनि हालतमा चुनावको मिति पछि नसारिने भन्दै उनी चुनावको प्रचारप्रसारमा जुट्का लागि भातृसंगठन तरुणलाई जागरण अभियाानमा लाग्न निर्देशन दिएका छन् । 


पछिल्लो समयमा नेकपा एमालेप्रति अति रुष्ट देखिने उनी देशलाई विकासको मोडमा लैजानको लागि अहिलेको सरकार लागेको भन्दै चुनाव रोकिनेमा कुनै शंका नगर्नको लागि आफ्ना कार्यकर्तालाई आग्रह गर्दै आगरण अभियानमा जुट्न आग्रह गरेका छन् ।  नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने बताएको छ । संविधान कार्यान्वयनका लागि पनि तोकिएकै समितिमा चुनाव सम्पन्न गर्नुपर्ने बताउँछ । एमालेको विश्लेषणले एमाले ५० प्रतिशत क्षेत्रमा विजय हुने आंकलन गरेका कारण पनि एमाले जित्ने सोच भएकाले पनि चुनाव गराउने पक्षमा देखिन्छ । 

‘सरकारका जिम्मेवार व्यक्तिहरूबाटै चुनावको मिति सार्ने हल्ला चलाइनुले र चुनाव तोकिएकै मितिमा नहुने संकेत प्रकट गर्नुले पनि चुनाव हुन्छ वा हुदैन भन्नेमा अझै पनि नागरिक  चिश्चिन्त हुन सक्ने अबस्थामा छैनन । 


नेकपा माओवादी (विप्लब) समुहले चुनाव विथोल्नको लागि देशभर आमसभा र आन्दोलन गर्ने तयारी           गरिरहेको छ जसका कारण  पनि अझै नागरिक चुनाव सम्पन्न हुन्छ या हुदैन भन्ने  दोधारमानै छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका स्थानीयस्तरका नेता–कार्यकर्ता कुनै पनि हालतमा तोकिएकै मितिमा चुनाव गर्नुपर्ने अडानमा छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं कुश्मा नगरपालिकाका नगर संयोजक शंकर गिरीले माओवादी चुनावको        तयारीमा होमिइसकेको र वैशाख ३१ को चुनाव मितिको कुनै विकल्प नभएको बताए । ‘तोकिएको मितिमा चुनाव हुँदैन भन्ने छँदैछैन,’ उनले भने, ‘यदि चुनाव नगर्ने षड्यन्त्र गरिए परिवर्तनका पक्षधर सबै शक्ति एक भएर आन्दोलन चर्काउनुको विकल्प छैन ।’


तोकिएको मितिमा चुनाव हुनेमा आफूहरू ‘भित्रैदेखि’ विश्वस्त रहेको बताउने राजनीतिक दलमा आबद्ध युवाले चाहिँ चुनावको मिति लम्ब्याउन खोजिए आफ्नै दलविरुद्धसमेत आन्दोलन गर्ने बताए । अखिल क्रान्तिकारी विद्यार्थी  संगठनका विजयप्रकाश सापकोटाले लामो समयपछि हुन लागेको स्थानीय तह चुनाव ३      करोड नेपालीलाई अधिकारसम्पन्न गराउने माध्यम भएकाले चुनावको मितिमा विकल्पै नरहेको बताए । ‘वैशाख ३१ मा जसरी पनि चुनाव हुनुपर्छ नत्र विद्यार्थीले देशभरबाट सशक्त दबाब सिर्जना गर्नेछन् उनले भने, ‘तोकिएकै मितिमा चुनाव गराउन विद्यार्थी र युवा पंक्तिले प्रेसर दिनुपर्छ ।’ सापकोटाले चुनावको मिति सार्ने विषयमा छलफल हुनेबित्तिकै देशभरका विद्यार्थी ‘आफसे आफ्’ आन्दोलित हुनसक्ने बताए ।

नेपाल विद्यार्थी संघका शिवालय बहुमुखी क्याम्पसका  अध्यक्ष विशन क्षेत्रीले चुनाव सार्ने हल्ला चलाउनु कसैको स्वार्थले उब्जिएको ‘दलाइँ’ भएकाले त्यो आफूहरूलाई मान्य नहुने बताए । ‘कुनै पनि दलालले चुनाव रोक्न र मिति सार्न खोज्यो भने हामी विद्यार्थी आफ्नै दलविरुद्ध पनि आन्दोलनमा उत्रिन तयार छौं,’ उनले भने, ‘चुनाव नहुँदा देशको अवस्था भयावह हुन्छ, देश जोगाउन लागेका विद्यार्थीका अगाडि कुनै अवरोधले छेक्ने छैन ।’


उनले हिमाल, पहाड र तराई सबैतिरका नेपालीलाई चित्त बुझाएर तोकिएकै मितिमा हुने चुनावमा सहभागी गराउन पनि आग्रह गरे । कुनै पनि दलको केन्द्रीय नेता वा सरकारका जिम्मेवार व्यक्तिले जानेर–नजानेर चुनावको मितिमा विकल्प खोज्ने शब्द मुखबाट निकाल्छ भने त्यो लोकतन्त्रमाथिको प्रहार सम्झिनुपर्छ,’ उनले भने, ‘कुनै हालतमा चुनावको मिति सार्न मिल्दैन । मिति सार्ने त कल्पनै नगरौं, चुनाव सार्ने हल्ला नै चलाउनु पनि लोकतन्त्रविरोधी कदम हो भनेर बुझ्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो