पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत काँग्रेसमा टिकट वितरणमा गुटबन्दी, पौडेललाई बाबाजीका ठुल्लु

१० बैशाख २०७४, आईतवार १२:२६


पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले पौडेल पक्षलाई जिल्ल पार्ने योजना सहित अगाडि बढेको बुझिएको छ ।  काग्रेस पर्वतमा देउवा पक्षलेले रामचन्द्र पौडेल पक्षलाई कुनै पनि तहको उम्मेदवारको टिकट नदिने जाल रच्न थालेको बुझिएको छ ।

तर काँग्रेस पर्वतको आधिकारीक स्रोतका अनुसार पर्वतमा देउवा पक्षको प्रभाव सबै तहमा पुगेको छ । पछिल्लो समय भएको भागबण्डमा समेत देउबा पक्षले ५ वटा तहमा र रामचन्द्र पौडेल पक्षले २ वटा तहमा पाउने सम्भावना रहेको छ ।


काँग्रेसमा पहिला देखिनै देउबा समूहको नेतृत्व गर्दै आएका नबराज गुरुङले आफ्नो पक्षलाई स्थापित गराउन लामो प्रयास गरेका छन् भने पछिल्लो समय देउबा लाईनमा आएका सांसद अर्जुन प्रसाद जोशी समेत आफ्ना पुराना सहयोगीहरुलाई स्थापित गराउने गरि तयारीमा जुटेका छन् । गुटपरिर्वतन गरेर देउवा प्यानलमा छिरेका सांसद समेत रहेका अर्जुनप्रसाद जोशीले आफ्नै पक्षधारका उम्मेदवारलाई टिकट दिने योजना बनाएको बुझिएको छ । सेतो सुर्यले खबर लेखेको छ ।


रामचन्द्र पौडेल समूहको नेतृत्व गर्ने रामचन्द्र जोशी आँफै कुस्मा नगरपालिकाको मेयरमा लड्ने तयारी गरिरहेकाले उनलाई सहयोग गर्ने शिर्ष नेता नभएकाले समस्यामा परेकाछन् । जोशीलाई समेत देउबा पक्षमा लाग्न दवाव आएको भएपनि उनी भने पौडेल समूहको तर्फबाट नै मेयर पदको उम्मेदवार बन्ने अडानमा लागेकाछन् । कुश्मा नगरपालिकाको मेयरको उम्मेदवारको लागि उनी जति चर्चामा आएपनि गुट परिर्वतन नगरे टिकट पुत्किने अटकलबाजी हुन थालेको छ ।  पछिल्लो समय काँग्रेस स्रोतका अनुसार रामचन्द्र जोशीलाई मेयर पदमा उम्मेदवार बन्न नदिन पुर्व पञ्च नेता डम्बर बहादुर मल्ल समेत लागेकाछन् । उनले काँग्रेस क्षेत्रीय सभापती गंगाधर शर्मालाई मेयर बनाउने लबिङ थालेपछि रामचन्द्र जोशीको सम्भावना समेत न्यून बन्दै गएको बुझिएको छ ।


उता कुस्मा नगरपालिकाको मेयरका दाबेदार बनेका डा. चुडामणी शर्मा समेतलाई पाखा लगाउने सम्भावना देखिएको छ । उनलाई देउवा पक्षले मेयर पदमा उम्मेदवार गराउने तयारी गरेको भएपनि अर्जुन प्रसाद जोशी समेतले गंगाधर शर्मालाई उम्मेदवार बनाउने तयारी गरेपछि डा. शर्माको सम्भावना हट्दै गएको छ । 


स्रोतका अनुसार पर्वतमा जलजला गाउँपालिका र फलेवास नरपालिकामा बाहेकका अन्य तहमा देउवा समूहले प्रमुखमा दाबी गरेको छ । सोही अनुसार टिकट वितरणको तयारी समेत भएको बुझिएको छ ।

यता  जलजला गाउँपालिकामा पौडेल समूहका कृष्ण केसी अध्यक्षमा र देउबा समूहका सिमा पुन उपाध्यक्षमा, कुस्मा नगरपालिकामा देउबा समूहका गंगाधर शर्मा मेयरमा र पौडेल समूहका सिता लामिछाने उप मेयरमा, मोदी गाउँपालिकामा देउबा समूहका विश्व प्रसाईँ अध्यक्षमा र पौडेल समूहका मिना केसी उपाध्यक्षमा टिकट पाउने संभावना रहेको छ ।


त्यस्तै फलेवास नगरपालिकाको मेयरमा पौडेल समूहका गंगाराज शर्मा मेयरमा र देउबा समूहका रेखा गुरुङ उप मेयरमा, महाशिला गाउँपालिकामा देउबा समूहका उज्वल गुरुङ अध्यक्षमा र देउबा समूहका सिर्जना मल्ल उपाध्यक्षमा, पैयू गाउँपालिकाको अध्यक्षमा देउबा समूहका खगेन्द्र तिवारी अध्यक्षमा टिकट पक्का गरिसकेकाछन् भने पौडेल समूहका जसमती गुरुङ उपाध्यक्षमा लड्दैछिन् ।


साथै बिहादी गाउँपालिकाको अध्यक्षमा देउबा समूहका आनन्द भुसाल र देउबा समूहकै देबी खड्का उपाध्यक्षमा टिकट पाउने सम्भावना रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ