२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले टुङ्गो लगायो झापाका छ वटै स्थानीय तहमा उम्मेदवार

११ बैशाख २०७४, सोमबार ०७:३०

झापा ११, दमक । नेकपा (माओवादी केन्द्र)ले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ । 

माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ । दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुङ्गो लागेको छ । 

यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने (विकास) र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ । 

यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्षमा पवित्रा राजंवशीको उम्मेदवारी टुङ्गो लागेको चुनाव प्रचारप्रसार संयोजक समेत रहनुभएका नेता दर्लामीले जानकारी दिनुभयो । यस्तै कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा