2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

काग्रेसबाट पोखराको मेयरको लागि ३३ र उप मेयरको लागि १५ जना प्रस्तावित

पोखरा, ११ बैशाख  | पोखरा लेखनाथ महानगरपालिकाका लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले जिल्लालाई मेयर र उपमेयरको नाम प्रश्ताव गरेको छ । आईतबार बसेको संयुक्त बैठकले चार वटै क्षेत्रबाट ३३ जना मेयर र १५ जना उपमेयरको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर एकबाट ९ जना मेयर र ५ जना उपमेयरको नाम सिफारिस भएको छ ।

जसमा मेयरतर्फ जिल्ला सचिव सुदिप मोहन भट्टराई सहित हेम मोहन भट्टराई, राजेन्द्रमणी लामिछाने, पुष्प भण्डारी, शिव केसी, रामबाबु भण्डारी, नगेनसिंह ठकुरी, नन्द प्रसाद तिवारी र ठाकुर कँडेलको नाम पठाईएको छ । यस्तै उपमेयरमा महिला संघकी जिल्ला सभापति कोपिला रानाभाट सहित चन्द्रावति पौडेल, बिन्दु कुमारी भण्डारी, तारा अधिकारी र विन्दु सुवेदी प्रश्तावमा परेका छन् ।

दुई नम्बर क्षेत्रबाट मेयरमा ११ र उपमेयरमा सात जनाको नाम छ । ऋषिराम काफ्ले, बाबुराम आचार्य, डा.ई. परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, बजिरमान श्रेष्ठ, हरि प्रसाद आचार्य, कृष्ण कार्की, फत्त बहादुर गुरु, विमल बहादुर कार्की, अशोक पालिखे र विश्व घिमिरे मेयरका दावेदार हुन् । उपमेयर अनिता तिमिल्सीना, माया बराल, सीता गुरुङ, सरस्वति गुरुङ, सकुन्तला गुरुङ, हिरादेवी शर्मा, आनन्दी कार्की राणाको नाम सिफारिस भएको क्षेत्रीय सभापति माधव बास्तोलाले जानकारी दिए ।

क्षेत्र नम्बर तीनबाट मेयरका लागि ११ जना र उपमेयरका लागि दुईजनाको नाम छ । मेयरमा देवराज चालिसे, बिन्दु कुमार थापा, बिरेन्द्रनारायण विजुक्छे, नरेशशंकर पालिखे, बिष्णु प्रसाद बास्तोला, ऋषिराम सापकोटा, केशव प्रसाद निर्दोषी, रामजी कुँवर, देवदत्त कोइराला, रजनी केसी र लोकेन्द्र बहादुर कोइरालाको नाम प्रश्ताव भएको छ भने उपमेयरमा सकुन्तला कोइराला र गंगा केसी छन् । चार नम्बर क्षेत्रबाट मेयरमा रामचन्द्र त्रिपाठी र दुर्गा प्रसाद तिमिल्सीना तथा उपमेयरमा मुक्ती प्रसाद तिमिल्सीनाको नाम जिल्लामा सिफारिस भएको छ ।

स्थानीय तहको लागि निर्वाचन उम्मेदवार छनौट प्रक्रिया केही दिनअघिदेखि सुरु भएको जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए । उनले मेयर र उपमेयरका लागि ईच्छुकले सम्बन्धित क्षेत्रबाट नाम सिफारिस गरेकाले सोमबार जिल्ला कार्यसमितिको बैठक बस्ने र अन्तिम खाका तयार गर्ने बताए । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाको उम्मेदवार सबै क्षेत्रले टुंग्याउने केसीको भनाई छ । ‘सोमबार विहान बैठक बसेर उम्मेदवारका बिषयमा छलफल हुन्छ ।

त्यसपछि प्रक्रिया अनुसार मिलेसम्म दोश्रो चरणको बैठक बसेर जिल्लाले मेयर र उपमेयरको नाम टुंग्याउँछ, उनले भने–भएन भने आकार घटाएर केन्द्रमा प्रश्ताव पठाउँछौं ।’ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा वडाका अध्यक्ष तथा सदस्यको उम्मेदवार भने सोमबार टुंगो लाग्ने छ । आकांक्षीको नाम प्रश्ताव भैसकेकाले प्रश्तावित नामभित्रै छलफल हुने काँग्रेस कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो