2026-09-19 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्या आरोपमा भाइ र छोरी पक्राउ

बैशाख १२, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका—९गोदनी गाउँका ३६ वर्षीय सनी भनिने मानबहादुर सार्कीको हत्याको आरोपमा उनकै छोरी र सहोदर भाइलाई प्रहरीले आज पक्राउ गरेको छ । 

मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवम् अनुसन्धानका क्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता सामुदायिक वन परिसरकोे खाल्डामा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताउनुभयो । 

हत्या घटना चैत २२ गते साँझ भए पनि घटना लुकाउन खोजिएको कारण ढिलो गरी सोमबार मात्र प्रहरीलाई खबर आएको बुढा मगरले बताउनुभयो । सो दिन साँझ मादक पदार्थ सेवन गरी घरमा पुगेका मानबहादुरले आफ्नै छोरी विमलालाई कुटपिट गर्न थालेपछि पदमले प्रतिकार गरेको र विमलाले प्रहार गरेको काठको भाटा टाउकामा लागेर निजको मृत्यु भएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई