कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अ"/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका १० वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७४, १२ बैशाख मंगलवार १६:४४

कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छ ।

आज बागलुङ नगरपालिका बाहेक अरु ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा निर्वाबचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो । बागलुङ नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै नगरको निर्वाचन कार्यक्रम पनि सञ्चालन गर्नेछ । 

कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयबाट मानोनयन दर्ता, चुनाब चिह्न प्रदान लगायत कार्यकोे विबरण सहित बैसाख १९ गते देखिको निर्वाचन कार्यतालिका र मदतान केन्द्रको विवरण पनि आजै प्रकाशन गरिएको छ । 

पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पनि कार्यालयको बोर्ड राखेर औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको छ ।

ढोरपाटन नगरपालकाको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत केदारनाथ पौडेलले बोर्ड अनावरण गरेर गर्नुभयो । 

कार्यक्रममा उहाँले निर्वाचन आयोगको केन्द्रिय कार्यतालिका अनुसार यहि बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, शान्तिपुर्ण रुपमा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग गर्न राजनितिक दल, मतदाता, सञ्चारमाध्यम लगायत सम्पुर्ण सरोकारवालालाई आग्रह गर्नुभयो । 

उहाँले निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनको गतिविधिमा जुट्न सवैलाई आग्रह गर्नुभयो । सवैसँग सहकार्य गरेर शान्तिपुर्ण निर्वाचन गराउन आफु प्रतिबद्ध रहेको उहाँको भनाई थियो । कार्यक्रममा राजनितिक दलका नेता, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका निमित्त कार्याकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामप्रसाद आचार्यको अध्यक्षता, नायब सुब्बा चण्डीराज पौडेको स्वागत र चुडामाणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । 

यसैविच निसीखोला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत बिष्णुभक्त रञ्जितले जुग्जाखोलामा गर्नुभयो । 

कार्यक्रम निर्वाचन अधिकृत रञ्जितको अध्यक्षता, निसीखोला गाउँपालिकाका कार्यकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत  संजय अधिकारीको स्वागत र नायब सुब्बा नन्दराम भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ