2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढानिलकण्ठमा एतिहासिक र्याली तथा सम्मान कार्यक्रम सम्पन्न


बैशाख १३, काठमाडौँ | गत सनिबार काठमाडौँको बुढानिलकण्ठस्थित मन्दिर परिसरमा एउटा भब्य कार्यक्रम सम्पन्न भयो ।  बुढानिलकण्ठ माविका एसएलसी २०४७ का पुर्व बिद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रमको उध्यस्य थियो 'बुढानिलकण्ठस्थित सबैभन्दा पहिलो पटक बिभिन्न  विधामा सफल व्यक्तित्वको परिचय सहितको नागरिक अभिनन्दन तथा सम्मान । 

अरु बेलामा सामान्य कार्यक्रम हुने उक्त स्थानमा त्यो दिन निकै चहलपहल देखिन सकिन्थ्यो । बिभिन्न झाँकी सहित बिभिन्न तह-तप्कामा कार्यरत स्थानीय, महिला समुह, बिद्यार्थी सहितको उपस्थितिमा सनिबार बुढानिलकण्ठकै एतिहासिक र्याली कार्यक्रम समेत भयो । 

यो कार्यक्रमको अध्यक्षमा सुदर्शन पौडेल, सचिबमा राजाराम लगायत बुढानिलकण्ठबाट २०४७ सालमा एसएलसी दिएकाहरुले उक्त कार्यक्रम आयोजना गरेका थिए । 

उपराष्ट्रपतिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष भविस्वर पराजुली, कार्यक्रम आयोजनामा सक्रिय भूमिका खेलेका नवराज भण्डारी लगायतबुढानिलकण्ठ क्षेत्रमा समाजसेवी तथा बिभिन्न महिला समुहका प्रतिनिधि तथा शैक्षिक संस्थाका बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अथिति नन्द किशोर पुनको हातबाट बुढानिलकण्ठबाट बिभिन्न विधामा पहिलो बनेका निम्न व्यक्तिहरुले सम्मान ग्रहण गरेका थिए ।

१. पहिलो एसएलसी पास – अर्जुन बहादुर देउजा खत्री 

२. पहिलो शिक्षक – दामोदर प्रसाद भण्डारी 

३. पहिलो प्रधानाध्यापक – बेद बहादुर खड्का 

४. पहिलो निजि बिद्यालय प्रमुख – राधेश्याम श्रेष्ठ 

५. पहिलो क्याम्पस प्रमुख – दिपक कार्की 

६. पहिलो नीजि क्याम्पस प्रमुख – श्याम मल्ल ठकुरी 

७. पहिलो नेपाल सरकारको अधिकृत – मोहन सिंह खड्का 

८. पहिलो स्नातकोत्तर – मोहन सिंह खड्का 

९. पहिलो मेडिकल डाक्टर – सानोभाई भड्का 

१०. पहिलो नर्स – बिमला थापा खड्का 

११. पहिलो इन्जिनियर – रामभक्त कार्की 

१२. पहिलो हवाईजहाज चालक – लिवर्टी  भण्डारी

१३. पहिलो हेलिकप्टर चालक – सुरेन्द्र पौडेल 

१४. पहिलो खेलाडी – अर्जुन बहादुर केसी 

१५. पहिलो पण्डित – अच्युत प्रसाद रेग्मी 

१६. पहिलो सशस्त्र प्रहरी  उपरीक्षक – राजु अधिकारी 

१७. पहिलो छापा पत्रकार – श्रीष भण्डारी 

१८. पहिलो टिभी पत्रकार – सुरेन्द्र पौडेल 

१९. जेष्ट नागरिक – खड्क बहादुर खड्का (१०० बर्ष)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक