१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढानिलकण्ठमा एतिहासिक र्याली तथा सम्मान कार्यक्रम सम्पन्न

१३ बैशाख २०७४, बुधबार ०५:१२


बैशाख १३, काठमाडौँ | गत सनिबार काठमाडौँको बुढानिलकण्ठस्थित मन्दिर परिसरमा एउटा भब्य कार्यक्रम सम्पन्न भयो ।  बुढानिलकण्ठ माविका एसएलसी २०४७ का पुर्व बिद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रमको उध्यस्य थियो 'बुढानिलकण्ठस्थित सबैभन्दा पहिलो पटक बिभिन्न  विधामा सफल व्यक्तित्वको परिचय सहितको नागरिक अभिनन्दन तथा सम्मान । 

अरु बेलामा सामान्य कार्यक्रम हुने उक्त स्थानमा त्यो दिन निकै चहलपहल देखिन सकिन्थ्यो । बिभिन्न झाँकी सहित बिभिन्न तह-तप्कामा कार्यरत स्थानीय, महिला समुह, बिद्यार्थी सहितको उपस्थितिमा सनिबार बुढानिलकण्ठकै एतिहासिक र्याली कार्यक्रम समेत भयो । 

यो कार्यक्रमको अध्यक्षमा सुदर्शन पौडेल, सचिबमा राजाराम लगायत बुढानिलकण्ठबाट २०४७ सालमा एसएलसी दिएकाहरुले उक्त कार्यक्रम आयोजना गरेका थिए । 

उपराष्ट्रपतिको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष भविस्वर पराजुली, कार्यक्रम आयोजनामा सक्रिय भूमिका खेलेका नवराज भण्डारी लगायतबुढानिलकण्ठ क्षेत्रमा समाजसेवी तथा बिभिन्न महिला समुहका प्रतिनिधि तथा शैक्षिक संस्थाका बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अथिति नन्द किशोर पुनको हातबाट बुढानिलकण्ठबाट बिभिन्न विधामा पहिलो बनेका निम्न व्यक्तिहरुले सम्मान ग्रहण गरेका थिए ।

१. पहिलो एसएलसी पास – अर्जुन बहादुर देउजा खत्री 

२. पहिलो शिक्षक – दामोदर प्रसाद भण्डारी 

३. पहिलो प्रधानाध्यापक – बेद बहादुर खड्का 

४. पहिलो निजि बिद्यालय प्रमुख – राधेश्याम श्रेष्ठ 

५. पहिलो क्याम्पस प्रमुख – दिपक कार्की 

६. पहिलो नीजि क्याम्पस प्रमुख – श्याम मल्ल ठकुरी 

७. पहिलो नेपाल सरकारको अधिकृत – मोहन सिंह खड्का 

८. पहिलो स्नातकोत्तर – मोहन सिंह खड्का 

९. पहिलो मेडिकल डाक्टर – सानोभाई भड्का 

१०. पहिलो नर्स – बिमला थापा खड्का 

११. पहिलो इन्जिनियर – रामभक्त कार्की 

१२. पहिलो हवाईजहाज चालक – लिवर्टी  भण्डारी

१३. पहिलो हेलिकप्टर चालक – सुरेन्द्र पौडेल 

१४. पहिलो खेलाडी – अर्जुन बहादुर केसी 

१५. पहिलो पण्डित – अच्युत प्रसाद रेग्मी 

१६. पहिलो सशस्त्र प्रहरी  उपरीक्षक – राजु अधिकारी 

१७. पहिलो छापा पत्रकार – श्रीष भण्डारी 

१८. पहिलो टिभी पत्रकार – सुरेन्द्र पौडेल 

१९. जेष्ट नागरिक – खड्क बहादुर खड्का (१०० बर्ष)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल