५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका १० नपामा निर्वाचन अधिकृत कार्यालय

१३ बैशाख २०७४, बुधबार ०६:०६

बैशाख १३, काठमाडौँ । काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराउनुभयो । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछाने, शङ्खरापुरमा भुवनेश्वर पौडेल, गोकर्णेश्वरमा निर्मला सुवेदी र दक्षिणकालीमा प्रतिमा पोखरेललाई निर्वाचन अधिकृत तोकिपठाइएको छ । 

यसैगरी, तारकेश्वरमा निर्मला योङया, कागेश्वरी मनहरामा प्रकाश कोइराला, चन्द्रागिरिमा गणेश नायक, टोखामा दीनबन्धु बराल, कीर्तिपुरमा गजेन्द्रबहादुर सिंह र बूढानीलकण्ठमा सुरेशप्रसाद नेपाललाई निर्वाचन अधिकृत तोकिएको छ । 

ती निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित नगरपालिकाका लागि उम्मेदवारको मनोनयनदेखि निर्वाचन सम्पन्न गर्ने सबै काम गर्नुपर्नेछ । यसअघि यही वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने