वासुदेव रेग्मी
प्रमुख
जिल्ला कृषि विकास कार्यालय, पर्वत
० अहिले पर्वत जिल्लाको कृषि उत्पादनको अवस्था कस्तो छ ?
पर्वत जिल्लाको कृषि उत्पादन हेर्ने हो भने यो वर्ष खास गरी मुख्य
खाद्यान्न वालीको रुपमा धान उत्पादन बृद्धि भएको छ । करिब १० प्रतिशत
हिसाबले सुन्तलाको उत्पादन बढेको छ भने अरु सामान्य वालीहरुको पनि वृद्धि
भएको अबस्था छ । पछिल्लो समयमा मौसम परिवर्तन भएको कारणले गर्दा समग्रमा
बालीनालीको अवस्था राम्रो भएको छ ।
० पर्वत जिल्लामा उत्पादन हुने मुख्य वालीहरु के के रहेका छन् ?
मुख्य रुपमा पर्वत जिल्लामा सुन्तला, तरकारी आलु, लप्सी, कफी लगायत
खाद्यान्न वालीहरु प्रायजसो भैरहन्छ । प्राथमिकतामा परेका यी ५ वटा वाली
मुख्य, पर्वत जिल्लाको निर्यात योग्य वालीहरु हुन् ।
० अहिले यी बालीहरुको उत्पादनको अवस्था के छ ?
यो वर्षको तथ्यांक हेर्ने हो भने सुन्तला उत्पादन ३ हजार ४ सय ५६ मेट्रिक
टन छ । भने तरकारीमा ९ हजार मेट्रिक टन र २४ मेट्रिक टन कफिको चेरी उत्पादन
भएको छ । आलु चाहि २२ हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै लप्सी १
हजार ४ सय मेट्रिक टनको हारहारीमा यो बर्ष उत्पादन भएको छ ।
० पर्वत जिल्लामा सुन्तलाको पकेट क्षेत्रमा पनि होला नि त ?
खास गरी पर्वत जिल्लाको मोदी गाउँपालिका र महाशिला गाउँपालिका, पैयौ
गाउपालिका पकेट क्षेत्र नै हो । जिल्लाको साविक गा.वि.स पाचथर, माभफार,
देउपुर कुर्धा गा.वि.स चाहि सुन्तलाका लागि निकै प्रख्यात गा.वि.स हुन् ।
० यस जिल्लामा कृषिमा संलग्न किसानहरुको संख्या कस्तो छ ?
जिल्लाको कूल जनसंख्या मध्ये कृषिमा संलग्न जनसंख्या ५१ प्रतिशतको
हाराहारीमा नै छ । परम्परागत रुपमा लागेका र निर्वाहमुखी खेती गर्ने
किसानहरुको तथ्यांक हो यो । तर व्यवसायिक रुपमा कृषिमा लागेकाहरुको संख्या
जिल्ला भरीमा करीव ४ सयको हाराहारीमा मात्र छन् ।
० किसानहरुलाई प्रोत्साहन गर्न नयाँ कस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् त ?
जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि
चालु आर्थिक वर्षमा विभिन्न खाले कार्यक्रमहरु सञ्चालनमा ल्याएका छौं ।
जस्तै, सिचाई, प्लाष्टिक घरहरु, र मौरी घारहरु अनुदानमा दिने कार्यक्रम
गरिरहेका छौं । किसानहरुले सामूहिक रुपमा उहाहरुलाई आवश्यक कार्यक्रमहरु
माग गरेको अवस्थामा त्यस्ता कृषि उत्पादकत्व बृद्धि गर्नका लागि विशेष
प्राथामिकतामा राखेर अनुदानमा कै बढि व्यवस्था गरेको छौ । त्यस्तै
किसानहरुलाई सुरक्षित गर्नका लागि बीमाको प्रचार गर्ने काम गपनि हामीले
गरिरहेका छौं । जुन सुकै किसिमको कृषि प्राविधिक सहयोग किसानहरुलाई उपलव्ध
गराएका छौ । जसले गर्दा किसानहरु पनि आकर्षित भईरहनु भएको छ । अलिकति
सम्भावना पनि भएको हुनाले कृषि पेशा पछिल्लो समयमा व्यवसायिक रुपमा कृषि
गर्नेहरुको लहर पनि बढदै गएको छ । व्यवसायिक रुपमा नै कृषि कर्म गरिरहेका
किसानहरुलाई कृषि यान्त्रिकीकरणमा जोड दिंदै पावर टिलरहरु पनि विक्री वितरण
गर्दै आईरहेको छौं ।
० कृषिमा यान्त्रीकरण चुनौतीको विषय रहेको छ भन्छन् नि त?
कृषिमा यान्त्रीकरण गर्ने कुरा पर्वतमा त्यस्तो चुनौती देखिएको छैन ।
पछिल्लो समयमा युवाहरु विदेश पलायन भएका कारणले पनि खेतबारी जोत्नका लागि
हलिहरु नपाईरहेको अवस्थाले गर्दा पनि पावर टिरको प्रयोग बढ्दै गईरहेको छ ।
किसानहरु पछिल्लो समयमा कृषि यन्त्रको प्रयोग बढाउन थालेका छन् ।
किसानहरुको कृषि यन्त्रको मागहरु हेर्ने हो भने पत्याउन नै गाह्रो देखिन्छ ।
० त्यसो भए कृषिमा यान्त्रिकरण बढाउनका लागि के योजना बनाउनु भएको छ त ?
अहिले हजारौं युवाहरु बिदेशिएको अवस्था छ ।
युवा अवस्था हुदा विदेशमा जाने र पछि काम गर्ने नसक्ने अवस्था भएपछि आखिर
बाकी जीवन विताउने नेपालमा नै हो । पछि पैसा भएर मात्र पुग्दैन होला । देश
विकास नभएको पनि यही भएकाले हो । विदेश गएर सिकेको सिप नेपालमा आएर
व्यबहारमा प्रयोग ग¥यो भने मात्र केहि होला खाली पैसाले मात्र काम गर्दैन ।
हामीले हाम्रो उत्पादन बढाउन सक्नु पर्छ । एउटैले सम्भव छैन भने सामुहिक
रुपमा पनि मिलेर काम गर्नु पर्दछ । त्यसका लागि हामीले कम जनशक्ति प्रयोग
हुने भएकाले पनि यान्त्रिकरणमा जोड दिएका छौं । त्यसलाई राज्यले पनि
ऋण्माा सहुलियत दिने र वीमामा सहज गर्ने काम गरिरहेका छौं । त्यसले गर्दा
पनि युवा साथीहरु विस्तारै विस्तारै आकर्षित हुदै आउनु भएको छ । यहाँ
समस्या के भयो कृषि पढेको भन्दा नपढेको साथीहरु कृषिमा आकर्षित हुनुहुन्छ ।
कृषि पढेका साथीहरु चाही झन् पलायन भइरहेको अवस्था छ । कृषि पढेका दक्ष
जनशक्तिलाई यही रोक्नु पर्छ । त्यसको लागि अव सरकारबाट बिशेष योग्यतालाई
ध्यान दिएर बिना धितो, परियोजना धितो राखेर पनि ऋण सहयोग गर्ने हो भने
आकर्षित हुन्छ । हैन भने विदेश जाने क्रम रोकिने वाला छैन ।
० तर तपाईले भने जस्तै योग्य जनशक्ति रोक्ने काम सरकारले गर्न चाहँदैन त ?
त्यो जसरी भएपनि रोक्नु पर्दछ । कृषि आत्मनिर्भर बन्ने भनेर सरकारले
भनिरहेको अवस्थामा कृषिका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने काम
राज्यको हो । यसको मतलव विदेश जान नै रोक्ने भन्ने कुरा होइन । मुलुकको
कृषि उत्पादकत्व बढाउनका लागि सवै युवा पुस्ता नेपालमा नै रहनु पर्दछ भन्ने
पनि होइन । अहिले ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्ने हो भने पनि धेरै नै
सहज हुन्छ । त्यसका लागि कृषि उत्पादकत्व बृद्धि गर्नका लागि आवश्यक
पूर्वाधारहरुको विकास गर्नु पर्दछ । सिंचाई सुविधा, सहज रुपमा ऋणको
व्यवस्था,बीमाको व्यवस्थामा, कृषि प्राविधिकहरुको प्रशिक्षण एवं व्यवसायिक
किसानहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्नु पर्दछ । त्यो सवै एकैचोटी
सम्भव पनि छैन विस्तारै गर्दै जाने कुरा हो राज्यले चाहने हो भने गर्न
सकिन्छ ।