१३ बैशाख, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच झण्डै हात हालाहाल हुनबाट जोगिएको छ । उनीहरुबिच लामो समय भनाभन भएपछि विवाद अन्य नेताहरु मथ्थर पारेका थिए । ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १३ बैशाख, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच झण्डै हात हालाहाल हुनबाट जोगिएको छ । उनीहरुबिच लामो समय भनाभन भएपछि विवाद अन्य नेताहरु मथ्थर पारेका थिए । ।

७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​संसद भवनमै प्रचण्ड र ओलीबिच झण्डै हात हालाहाल

१३ बैशाख २०७४, बुधबार १०:४१

बैशाख १३, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच झण्डै हात हालाहाल हुनबाट जोगिएको छ ।

उनीहरुबिच लामो समय भनाभन भएपछि विवाद अन्य नेताहरु मथ्थर पारेका थिए । एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारको तयारीप्रति आपत्ति जनाउदै संसद अवरोध गरिरहेको छ । अवरोध खुलाउन सत्तारुढ गठबन्धन र एमालेका शीर्ष नेताको संसद भवनै भएको छलफलमा दुई नेताबीच सवाल जवाफ चलेको स्रोतले जनाएको छ ।


ओलीले तराई मधेसका केही जिल्ला छानीछानी स्थानीय तह बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएका थिए । उनले संविधान संशोधन बिधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने अडान राखेका थिए ।

जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्‍याएर संविधान संशोधन गर्ने बताएका थिए । छलफलमा सहभागी एक नेताले प्रचण्डको भनाई उधृत गर्दै भने(हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु ।’

प्रचण्ड र ओलीबीच भनाभन हुँदा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि सँगै थिए ।

एमालेले मधेसी मोर्चाका अनुचित माग एकपछि अर्को थपिँदै जाने र सत्तापक्ष बाहृय दबाव सामू लम्पसार पर्दै जाने अवस्था देखिएको भन्दै आक्रोश व्यक्त गरेको छ । दलहरुबीच सहमति नभएपछि संसद बैठक बस्न सकेको छैन । अहिले पनि शीर्ष नेताबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?