कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर प्रहरीको मदिरा नियन्त्रण अभियान

१३ बैशाख २०७४, बुधबार १५:२८


कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ । 

प्रहरीले हिजो देखि सुरु गरेको अभियान अन्तरगत ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजार र आसपासको क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा आज नष्ट गरेको छ । 

निर्वाचनको समयमा जथाभावि मदिरा सेवान गरेर होहल्ला हुनसक्ने र त्यसले निर्वाचन सुरक्षलाई समेत प्रभावित पर्ने भन्दै त्यसको न्युनिकरणको लागि अभियान थालिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । 


लाईसेन्स प्राप्त मदिरा सेवानलाई पनि व्यवस्थित गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले हिजो र आज दुईदिन बुर्तिबाङ बजार तथा आसपासबाट बरामद भएको १ सय ७० लिटर तयारी मदिरा, ९ सय ५५ लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र ५५ केजी मर्चा आज राजनितिक दल, पत्रकार लगायत सरोकारवालाको उपस्थितीमा नष्ट गरेको हो । 

प्रहरीले नियमित प्रहरी कार्मचारी सहित निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई पनि मदिरा नियन्त्रण अभियानमा परिचालन गरेको छ । 


ईलाका प्रहरी कार्यालय मातमतका सबै प्रहरी ईकाईले पनि मदिरा उत्पादन र सेवानलाई व्यवस्थीत गर्ने अभियान सुरु गरेको ईप्रका बुर्तिबाङले जनाएको छ । अभियान थप कडाईका साथ निरन्तर सञ्चालन हुने प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा