२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

म्याग्दीमा काँग्रेस माअाेवादीकाे संयुत्त प्यानल– पर्वतमा छलफल हुदै

२०७४, १४ बैशाख बिहीबार १२:४३

बेनी : नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच म्याग्दीमा चुनावी गठबन्धन बनेको छ। वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा ६ मध्ये चार तहमा चुनावी तालमेल गर्ने सहमति दुई दलका बीचमा भएको छ।

रघुगंगा गाउँपालिकामा केन्द्र विवादका कारण चुनावी गतिविधी अघि बढ्न सकेको छैन भने मालिकामा स्थानीय कार्यकर्तासँग थप छलफलपछि तालमेलको टुंगो लाग्नेछ।

कांग्रेस र माओवादीले गठन गरेको उच्च स्तरीय वार्ता टोलीले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले प्रमुख, माओवादीले उपप्रमुख र धवलागिरी तथा मंगला गाउँपालिकामा माओवादीले प्रमुख तथा कांग्रेसले उपप्रमुख पाउने सहमति गरेका छन्।

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं सांसद रेशम बानियाँले सहमति अनुसार चार तहमा साझा उम्मेद्वार हुने बताउनु भयो। कांग्रेसले बेनी नगरपालिकाको मेयरमा पार्टी सचिव हरिकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेद्वार बनाएको छ भने माओवादी केन्द्रले उपमेयरमा युवा नेृत ज्योती लामिछानेलाई उठाएको छ।

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसको तर्फबाट डमबहादुर पुन चुनावी मैदानमा हुनुहुन्छ भने माओवादी केन्द्रले उपप्रमुखको टुंगो लगाएको छैन्। माओवादीले धवलागिरीमा खुमनाथ अधिकारी र मंगलामा चन्द्रप्रसाद बुढाथोकीलाई उम्मेद्वार बनाएको छ भने कांग्रेस दुबै ठाउँमा उम्मेद्वारको टुँगो लगाउन बाँकी छ।

‘प्रमुख पुरुष हुने ठाउँमा उपप्रमुख महिलालाई बनाउनुपर्ने भएकाले हामीले एकदुई दिनमै उम्मेद्वार टुंगो लगाउँछौँ’ सांसद् बानियाँले भन्नुभयो, ‘केन्द्रमा पनि दुई पार्टीको गठबन्धन छ, यसले स्थानीयस्तरमा पनि सहमति गर्न मद्दत पुग्यो।’

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गोविन्द पौडेलले चार स्थानीय तह प्रमुख र उपप्रमुखमा तालमेल गरी चुनाव लड्ने सहमति भएपनि वडामा भने स्थानीय कार्यकर्ताहरु बीच नै आपसी समझदारी गर्ने भद्र सहमति गरेको बताउनु भयो। ‘अब हामीले हाम्रो गठबन्धनमा राप्रपालाई पनि ल्याउन वार्तालाई तीब्रता दिएका छौँ’, पौडेलले भन्नुभयो। म्याग्दीका ६ स्थानीय तहमा ७३ हजार ४७३ मतदाता रहेका छन्।


यता पर्रवतमा भने अान्तरीक छलफल जारी  । एमाले र काँग्रेस विच माअाेवादी केन्द् अान्तरीक छलपफलमा जुटेकाे छन्र । यसकाे बारेमा थप जानकारी अाउन सकेकाे छैन । नेताहरू प्यानलमा जाने याेजना बनाएका कारणा साेही अनुसार  िजल्लामा उम्मेदवार चयन भन्दा पनि दलहरू संयुत् प्यानल बनाउने जाेड घटाउमा छन्र ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ