४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

म्याग्दीमा काँग्रेस माअाेवादीकाे संयुत्त प्यानल– पर्वतमा छलफल हुदै

१४ बैशाख २०७४, बिहीबार १२:४३

बेनी : नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच म्याग्दीमा चुनावी गठबन्धन बनेको छ। वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा ६ मध्ये चार तहमा चुनावी तालमेल गर्ने सहमति दुई दलका बीचमा भएको छ।

रघुगंगा गाउँपालिकामा केन्द्र विवादका कारण चुनावी गतिविधी अघि बढ्न सकेको छैन भने मालिकामा स्थानीय कार्यकर्तासँग थप छलफलपछि तालमेलको टुंगो लाग्नेछ।

कांग्रेस र माओवादीले गठन गरेको उच्च स्तरीय वार्ता टोलीले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले प्रमुख, माओवादीले उपप्रमुख र धवलागिरी तथा मंगला गाउँपालिकामा माओवादीले प्रमुख तथा कांग्रेसले उपप्रमुख पाउने सहमति गरेका छन्।

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं सांसद रेशम बानियाँले सहमति अनुसार चार तहमा साझा उम्मेद्वार हुने बताउनु भयो। कांग्रेसले बेनी नगरपालिकाको मेयरमा पार्टी सचिव हरिकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा उम्मेद्वार बनाएको छ भने माओवादी केन्द्रले उपमेयरमा युवा नेृत ज्योती लामिछानेलाई उठाएको छ।

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसको तर्फबाट डमबहादुर पुन चुनावी मैदानमा हुनुहुन्छ भने माओवादी केन्द्रले उपप्रमुखको टुंगो लगाएको छैन्। माओवादीले धवलागिरीमा खुमनाथ अधिकारी र मंगलामा चन्द्रप्रसाद बुढाथोकीलाई उम्मेद्वार बनाएको छ भने कांग्रेस दुबै ठाउँमा उम्मेद्वारको टुँगो लगाउन बाँकी छ।

‘प्रमुख पुरुष हुने ठाउँमा उपप्रमुख महिलालाई बनाउनुपर्ने भएकाले हामीले एकदुई दिनमै उम्मेद्वार टुंगो लगाउँछौँ’ सांसद् बानियाँले भन्नुभयो, ‘केन्द्रमा पनि दुई पार्टीको गठबन्धन छ, यसले स्थानीयस्तरमा पनि सहमति गर्न मद्दत पुग्यो।’

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गोविन्द पौडेलले चार स्थानीय तह प्रमुख र उपप्रमुखमा तालमेल गरी चुनाव लड्ने सहमति भएपनि वडामा भने स्थानीय कार्यकर्ताहरु बीच नै आपसी समझदारी गर्ने भद्र सहमति गरेको बताउनु भयो। ‘अब हामीले हाम्रो गठबन्धनमा राप्रपालाई पनि ल्याउन वार्तालाई तीब्रता दिएका छौँ’, पौडेलले भन्नुभयो। म्याग्दीका ६ स्थानीय तहमा ७३ हजार ४७३ मतदाता रहेका छन्।


यता पर्रवतमा भने अान्तरीक छलफल जारी  । एमाले र काँग्रेस विच माअाेवादी केन्द् अान्तरीक छलपफलमा जुटेकाे छन्र । यसकाे बारेमा थप जानकारी अाउन सकेकाे छैन । नेताहरू प्यानलमा जाने याेजना बनाएका कारणा साेही अनुसार  िजल्लामा उम्मेदवार चयन भन्दा पनि दलहरू संयुत् प्यानल बनाउने जाेड घटाउमा छन्र ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ