2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्येक घरबाट एक लाख लगानी गर्दा १० हजार मेगावाट विद्युत उत्पादन हुन्छ: ऊर्जामन्त्री

बैशाख १५, पोखरा । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले असन्तुष्ट मधेसी र जनजातिका माग सम्बोधन भएपछि स्थानीय तहको निर्वाचन उत्सवमय हुने दाबी गर्नुभयो । 

आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँ र नगरमा पु¥याउने उल्लेख गर्दै मन्त्री शर्माले जनताको प्रत्यक्ष मताधिकारपछि झण्डै २२ प्रकारका असीमित अधिकार जनताको घरदैलोमै पुग्ने बताउनुभयो । 

भ्रष्ट्राचारको अन्त्य गरेर देशमा उज्यालो नेपाल अभियान सुरुवात गरेको प्रसङ्ग कोट्याउँदै उहाँले प्रत्येक घरबाट एक लाख लगानी गर्ने हो भने १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी गराउनुभयो । 

वैदेशिक रोजगारीमा गएका युवाहरुको एक महीनाको तलब खर्च गर्ने हो भने पाँचवटा ठूला आयोजना बनाउन सकिने बताउँदै मन्त्री शर्माले योजनाबद्ध विकासको थालनी गर्न सक्यौ भने १५ वर्षमै देशलाई समृद्धिको उचाइमा पु¥याउन सकिने दाबी गर्नुभयो । 

नेता देव गुरुङले संविधान संशोधनबाट सवै दलको सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सवै स्वामित्व हुन नदिने षड्यन्त्रले राष्ट्र कमजोर बन्ने बताउनुभयो । 

कार्यक्रममा पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ, महिला नेत्री गायत्री गुरुङ,पूर्व अध्यक्ष झलकपाणि तिवारीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो