हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिस"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् रिसाएकी प्रेमिका फकाउने ५ उपायहरु, जानी राखौ

१६ बैशाख २०७४, शनिबार ०७:१६

हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिसाइराख्ने गर्नुहुन्छ भने चिन्ता नलिनुस् र यी उपायहरुमा ध्यान दिनुहोस् ।

१. जे कुरामा तपाईहरुबीच झगडा भएको थियो त्यही कुरालाई एउटा कोठामा बसेर छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस् । दुवैलाई आफ्ना पक्ष राख्ने पुरा अधिकार रहेकोले अन्त्यमा आफैँ पत्ता लाग्नेछ गल्ती कसको हो भन्ने । यदि तपाईलाई गल्ती आफ्नो हो जस्तो लागेमा तुरुन्तै माफी माग्नुहोस् किनकी साँचो बोल्दा सधैँ फाइदा हुन्छ ।

२. आफ्नी प्रमिकासँग छलफल गर्ने क्रममा त्यसलाई लडाइँको रुपमा नबदल्नुहोला यसले तपाईहरुबीच झन् नराम्रो गराउँछ । कुनै पनि विषयलाई शान्तिसँग आरामले छलफल गर्नुहोस् र यसलाई बहसको रुपमा नलिनुहोस् । माफी मागेर मात्र सबै समस्या हल हुँदैनन् । तपाईकी प्रेमिकालाई विश्वास हुनुपर्छ कि तपाई वास्तवमै पछुतो मानिरहनु भएको छ ।

३. आफ्नी प्रेमिकालाई खुसी राखिराख्न उनलाई दैनिक जस्तो भनिरहनुहोस् की उनी तपाईका लागि कति खास छिन् । उनलाई सधैँ यो महशुस गराउनुहोस् कि तपाई यो सम्बन्धले धेरै खुसी हुनुहुन्छ र यसलाई जिन्दगीभर इमान्दारीताकासाथ निभाउनु हुनेछ । यसो गर्नाले तपाईहरुको सम्बन्धमा भिन्नै मिठास आउँछ ।

४. कुरैकुरामा आफ्नी प्रेमिकालाई हँसाइराख्ने प्रयत्न गर्नुहोस् । यसो गर्नाले तपाईकी रिसाएकी प्रेमिकालाई फकाउन धेरै सजिलो हुन्छ । अरु बेलामा पनि उनलाई हँसाइराख्न सक्नुभयो भने उनी कहिल्यै बोर हुनुहुन्न र तपाईसँग धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ ।

५ आफ्नी प्रेमिकाको अगाडि यस्ता कुरा कहिल्यै नगर्नुहोस् जसले उनको मनमा चोट पुराउन सक्छ । बरु उनलाई बेलाबखत सरप्राइजहरु दिनुहोस् र घुम्न लैजानुहोस् । उनीसँग सकेसम्म केही नलुकाई सबै कुरा सेयर गर्नुहोस् ।

यति गरेपछि आशा छ कि तपाईकी प्रेमिका र तपाईबीच चाँडै नै मिलाप भएर सबै समस्याहरु समाधान हुनेछन् । -एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली