बैशाख १६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । 

<"/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्र सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य: देउवा

१६ बैशाख २०७४, शनिबार ०८:१२

बैशाख १६, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । 

काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो –“काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले “प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान संशोधनको प्रक्रियामा सहयोग गर्ने विश्वास छ, धेरै वर्षपछि जनताले आफूले निर्वाचित गरेका प्रतिनिधिबाट शासित हुने अधिकार पाउँदैछन्, यसलाई रोक्ने काम कसैले गर्नुहुँदैन भन्नुभयो ।” 

संविधान निर्माणका लागि काँग्रेसलाई जिम्मेवारी दिएजस्तै स्थानीय तहलाई बलियो बनाउँदै गाउँतहसम्म लोकतन्त्रको संस्थागत विकासका लागि पार्टीले बहुमत ल्याउने पनि उहाँले बताउनुभयो । 

पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि तपाईंको नेतृत्वमा नयाँ सरकार गठन हुने सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको एक जिज्ञासामा सभापति देउवाले भन्नुभयो “ सहमति अनुसार हुन्छ ।” 

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले दलित, जनजाति, मुसलमान, अल्पसङ्ख्यक सबैलाई समावेश गरी ग्रामीण विकास गर्न काँग्रेसलाई स्थानीय तह निर्वाचनमा बहुमत दिनुपर्ने बताउनुभयो । 

“जनताको जीवनस्तर गुणस्तरीय बनाउन आर्थिक पुनःनिर्माणको आवश्यक छ, यसका लागि पर्यटन, ऊर्जालगायत क्षेत्रको विकास गरिनु जरुरी छ, विसं २००७, २०४६ र २०६२÷६३ को शान्तिपूर्ण परिवर्तनको नेतृत्व गरेको काँग्रेसले नै आर्थिक परिवर्तनको बाटोमा डो¥याउन सक्छ”–उहाँले भन्नुभयो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई–मधेसका जायज समस्या समाधान गरी सबैलाईसँगै लिएर स्थानीय तहको निर्वाचन सम्पन्न गरिनुपर्नेमा जोड दिदैं ७० वर्षदेखि राजनीतिक स्थिरता हुननसकेकाले अब स्थिरतातर्फ लैजान सबै दलको ध्यान जानुपर्ने बताउनुभयो । 

समितिको संयोजकसमेत रहनुभएका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सबै दललाई स्थानीय तहको निर्वाचनमा लैजान व्यवस्थापिका संसद्को ठूलो दलका नाताले पार्टीले पहल गरिरहेको जानकारी गराउनुभयो । 

उपसंयोजक एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वाभिमानका नक्कली ठेकेदारी प्रवृत्तिले निर्वाचन गर्न समस्या पर्दै गएको बताउनुभयो । 

“संविधानलाई सर्वस्वीकार्य बनाउन सुरु गरिएको प्रयत्नलाई लाञ्छित गरिएको छ, संशोधन प्रक्रियामा भ्रम फैल्याइनु आपत्तिजनक छ, प्रदेशको सिमाना तलमाथि होला, देशको सिमानामा केही हुँदैन”–उहाँले भन्नुभयो । 

सिंहदरबारको अधिकार स्थानीय तहसम्म पु¥याउन निर्वाचनमा जान सबै दलले अधिकतम लचकता देखाएर समस्या समाधान गर्नुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?