वैशाख १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हज"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

April 29, 2017

वैशाख १६, काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले राससलाई जानकारी दिनुभयो । 

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो । पूर्वसचिव डा कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको १६८ औँ हप्तामा आज गोठाटार पुल मुनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा २०० व्यक्तिको सहभागिता थियो । 

रुद्रमती सफाइको १६६ औँ हप्तामा आज रातोपुलबाट सेतोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानको सहभागिता थियो । विष्णुमती सफाइको १३८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकामा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५०० जनाको सहभागिता थियो । 

विष्णुमती सफाइमा आज पहिलोपटक नेपाली सेना पनि सहभागी भएको छ । तिलगङ्गा महिला समूहले तिलगङ्गामा आयोजना गरेको ११५ औँ हप्ताको वाग्मती सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ३० जना महिलाको सहभागिता थियो ।

चक्रपथ सफाइको तेस्रो साता आज बसुन्धरा क्षेत्रमा सफाइ गरी २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ७०० स्वयम्सेवक सहभागी थिए । विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान र त्यसपछि सुरु भएका उपत्यकाका विभिन्न नदी सफाइ अभियानमा हालसम्म सात लाख २१ हजार ९३० स्वयम्सेवकले सहभागिता जनाएका छन् । 

उपत्यकामा वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई पोखरा, झापा र तुलसीपुरलगायत २६ स्थानमा सफाइ भइरहेको छ । 

यी अभियानबाट दश हजार ४९७ फोहर व्यवस्थापन भएको सफाइ महाअभियानले जनाएको छ । आगामी शनिबार २०८ औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल पारि ललितपुरतर्फ हुने पनि आजको सफाइका अवसरमा जानकारी गराइयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक