बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमा"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुनर्वास काण्डको डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन्

२०७४, १८ बैशाख सोमबार ०६:४४


बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । 

नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गोबिन्द गौतमले शहादत प्राप्त गरेपछिका तनावपूर्ण बनेको स्थिति अझै पूर्णरुपमा सामान्य बनिसकेको छैन । घटना भएकै दिन स्थानीय प्रशासनले तत्कालका लागि सो क्षेत्रका सीमानाका बन्द गरेपछि अहिले स्थानीय सङ्घर्ष समितिले सीमाको अवरोध जारी राखेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो । 

“घटना भएकै दिन केही समयका लागि नेपाल–भारत सीमानाकामा आवागमन रोकिएको हो”– प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “हाल आएर स्थिति सामान्य बने पनि सीमानाकाबाट नेपाल–भारत आवागमन त्यति सहज बन्न सकेको छैन ।” घटनापछि स्थानीय सङ्घर्ष समिति बनाएर सीमा व्यवस्थापनका साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन गठित समितिले नेपाल–भारत सीमानाका आवागमनमा सहजता ल्याउनतर्फ जोड दिनुपर्ने स्थानीय प्रशासनको भनाइ छ । 

“नेपाल–भारत संयुक्त सर्भे टिमले हराएका सीमास्तम्भलगायत सीमा व्यवस्थापनका लागि सो क्षेत्रमा अहिले पनि स्थलगत काम गरिरहेको छ”– खनालले भन्नुभयो, “सीमानाका सहज बनाउन स्थानीयले पनि अब सहयोग गर्नुपर्छ ।” 

सो क्षेत्रको नाका सहज नहुँदा भारतीय सीमावर्ती बजार बढी प्रभावित बनेको पुनर्वासका स्थानीयको भनाइ छ । नेपालका ग्राहकमा आश्रित सीमावर्ती भारतीय बसही, सम्पूर्णानगर, खखुरिया लगायतका बजार प्रभावित बनेका छन् । उता भारतीय नागरिक पनि दक्षिण क्षेत्रका सीमानाकाबाट नेपाल आउन सकिरहेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा