वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्तरीया कपको तयारी अन्तिम चरणमा, प्रतियोगिताको खेल तालिका सार्वजनिक

१८ बैशाख २०७४, सोमबार ११:०६


वैशाख १८, धनगढी । आगामी वैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने भएका छन । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले खेल तालिका समेत सार्वजनिजक गरेको छ । 

कैलालीको अत्तरीयामा हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अत्तरीया युनाईटेड स्पोर्टस क्लवको आयोजनामा जेठ २१ गतेदेखि हुने महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानगर लगाउने लगायतका थोरै काम गर्न वाकी रहेको आयोजक क्लवका अध्यक्ष रवि खनालले जानकारी दिनुभयो । 

महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराहीका प्रतियोगिता गर्न लागिएको हो । अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको मसुख्य प्रायोजक रुस्लान हुने भएको छ । 

त्यस्तै विभिन्न निकायहरुले प्रतियोगितालाई सफल पार्नका लागि साथ दिएको आयोजकको भनाई छ । प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरी खेल तालिका पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह वी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन । 

वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन । उद्घाटन र समापनको दिनमा वाहेक अन्य दिनमा दुई वटा खेल हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । 

लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।  ए समुहको विजेताले वी समुहको उपविजेता तथा वी समुहको विजेताले ए को उपविजेतासग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक क्लवका उपाध्यक्ष सरोज भट्टले वताउनुभयो । 

करिव २५ लाख रुपैयाँ खर्च हुने टि २० को विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य