३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट राप्रपा बाहिरियो, एमालेसँग मिलेपछि सरकारको दूई तिहाइ नपुग्ने

१८ बैशाख २०७४, सोमबार १३:३२

बैशाख १८, काठमाडौँ । सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

सरकारमा रहेका दुई ठूला दलका सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाभियोगप्रति आपत्ति जनाउँदै राप्रपाले त्यस्तो निर्णय गरेको आपूर्तिमन्त्री दिपक बोहराले बताए । 

सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सरकार छोड्ने निर्णय गगरेको हो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ ।

प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ । 

तर स्थानीय चुनाव र संविधान संशोधनलाई सफल बनाउन सहयोग गर्ने तर महाभियोगविरुद्ध उभिने निर्णय गरेको मन्त्री बोहराले बताए । महाभियोग लगाउन दुई तिहाई आवश्यक पर्छ ।

एमालेसँग राप्रपा पनि विपक्षमा उभिएपछि महाभियोग पारित गराउन आवश्यक दुई तिहाई बहुमत नपुग्ने स्पष्ट देखिएको छ । यसअघि बीबीसीसँग आइतबार राति कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले आफूहरु सरकार छाड्ने मनस्थितिमा पुगेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट