बैशाख १८, काठमाडौं । सत्तारूढ तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । तर, स्पष्ट बहुमतका साथ सरकार सुरक्षित छ । सरकार अप्ठेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौं । सत्तारूढ तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । तर, स्पष्ट बहुमतका साथ सरकार सुरक्षित छ । सरकार अप्ठेर"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार बहुमतमा कि अल्पमतमा ?

१९ बैशाख २०७४, मंगलवार ०२:१९

बैशाख १८, काठमाडौं । सत्तारूढ तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । तर, स्पष्ट बहुमतका साथ सरकार सुरक्षित छ । सरकार अप्ठेरोमा परे सहयोग गर्न सक्ने वचन मधेसी दलहरूले पनि दिएका छन् ।

राप्रपाको कार्यसम्पादन समिति, मन्त्री तथा उपलब्ध केन्द्रीय सदस्यहरूको सोमबार बिहान र साँझ दुईपटक बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

‘संसद्को चौथो र सत्ता गठबन्धनको तेस्रो दल हामीलाई कांग्रेस र माओवादीले महत्वपूर्ण निर्णय प्रक्रियामा निरन्तर उपेक्षा गर्दै आएका थिए, अहिले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेर प्रजातन्त्रलाई नै संकटमा पार्ने काम गरेका छन्,’ बैठकपछि राप्रपा नेता तथा पर्यटनमन्त्री दिलनाथ गिरीले नयाँ पत्रिकासँग भने, ‘यस्तो अविश्वास र संकटका बीच सरकारमा रहनु औचित्यपूर्ण हुँदैन भन्ने निष्कर्षसहित सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ ।’ तर, देशलाई निकास दिन संविधान संशोधनका पक्षमा मत हाल्ने निर्णय गरेको उनको भनाइ थियो ।

संविधान संशोधन प्रस्तावको समर्थन गर्ने

सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय राप्रपा कार्यसम्पादन समिति बैठकले गरेको छ । ‘संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई राप्रपाले समर्थन गर्नेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय चुनावमा सहयोग

सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्न राप्रपाले सरकारलाई सकारात्मक एवं रचनात्मक सहयोग पु¥याउने बताएको छ । ‘संविधानको कार्यान्वयन तथा मधेसी मोर्चासमेतलाई सहभागी हुने वातावरण तयार गरी निर्धारित मितिमा स्थानीय चुनाव सुनिश्चित गर्न राप्रपाले निरन्तर सकारात्मक एवं रचनात्मक सहयोग पु¥याउने छ,’ विज्ञप्तिमा भनिएको छ ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ