२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्याङ्जामा नयाँ शक्ति र फोरमबीच तालमेल हुने

१९ बैशाख २०७४, मंगलवार ०८:०२

वैशाख १९, वालिङ । स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । 

जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा एमाले बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले पनि तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

यसपटकको स्थानीय निकायको निर्वाचनमा स्याङ्जामा नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा दुई दलले चुनावी तालमेल गर्ने सहमति गरी सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

सङ्घीय समाजवादी फोरमका पोलिटब्यूरो सदस्य महेन्द्र थापा र नयाँ शक्ति नेपालका अध्यक्ष शोभाखर ढकालबीच चुनावी तालमेल गरी संयुक्त उम्मेदवार उठाउने सहमति भएको हो । यसैगरी, हेमन्त थापाको अध्यक्षतामा एकसय एक सदस्यीय प्रचार–प्रसार समिति र ताराप्रसाद भुसालको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह