ताराबहादुर महत । बैशाख १९, दोलखा । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने क्रममा चरिकोटमा नेकपा एमाले र नेपाली काङ्गे्रसविच हुन लागेको झडप प्रहरी र नागरिक समाजका अगुवाहरुको सहजीकरण रोकिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख १९, दोलखा । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने क्रममा चरिकोटमा नेकपा एमाले र नेपाली काङ्गे्रसविच हुन लागेको झडप प्रहरी र नागरिक समाजका अगुवाहरुको सहजीकरण रोकिएको छ । 

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चरिकोटमा एमाले र काङ्ग्रेसविच झण्डै झडप

ताराबहादुर महत । बैशाख १९, दोलखा । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने क्रममा चरिकोटमा नेकपा एमाले र नेपाली काङ्गे्रसविच हुन लागेको झडप प्रहरी र नागरिक समाजका अगुवाहरुको सहजीकरण रोकिएको छ । 

भिमेश्वर नगरपालिकाको मनोनयन दर्ताका लागि जानुपुर्व काङ्ग्रेसले निकालेको मोटरसाईकल ¥यालीलाई एमालेले पार्टी कार्यालय नजिक बाटो छेकेको भन्दै काङ्ग्रेसको पार्टी कार्यालय नजिकै एमालेको जुलुसलाई रोक्न खोज्दा दुवै पार्टीको जुलुसविच झडप हुन लागेको थियो । मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जान लागेको एमालेको जुलुसलाई काङ्ग्रेसको जुलुसले बदलाभावसहित बाटो छेकेको बताईएको छ ।

दुई पक्षविच झडपको सम्भावना बढेपछि दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन कार्कीसहितको प्रहरी टोली र नागरिक समाजका अगुवा तथा पत्रकारहरुले सहजीकरण गरेपछि घटना हुनबाट रोकिएको छ । प्रहरीसहितको सहजीकरण टोलीले स्कटिङ गरेर काङ्ग्रेसको टोलीलाई सातदोबाटो र एमालेको टोलीलाई मनोनयन दर्ताका लागि पठाएपछि सम्भावित दुर्घटना रोकिएको हो ।

एमालेको जुलुसमा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलको पनि सहभागिता रहेको थियो । 

अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेस मनोनयन दर्ता गरेर फर्किई सकेका छन भने नेकपा माओवादी केन्द्रले मनोनयन दर्ता गराईरहेको छ । भिमेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट भरत केसी र नेपाली काङ्ग्रेसबाट इश्वर मानन्धरको मनोनयन दर्ता भएको छ ।

दोलखामा स्थानिय तह निर्वाचनका लागि २० दल दर्ता भएका छन । ती मध्ये केहि दलले आयोगबाट निर्वाचन चिन्ह नै पाएका छैन्न । जिल्लामा काङ्ग्रेस र माओवादी केन्द्रविच चुनावी तालमेल भएपछि संयुक्त प्यानल र एमालेविच चर्को प्रतिस्पर्धा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई