वैशाख १९, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख १९, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्न"/>

2026-07-24 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको मेयरमा अहिलेसम्म ६ जनाको उम्मेदवारी दर्ता


वैशाख १९, काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मंगलबार काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकामा विभिन्न दलका उम्मेदवारले अ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

बिहान १० बजेबाट काठमाडौं महानगरपालिकासहित १० ओटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडौं महागरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भीड छ ।

महागरको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पार्टीका कार्यकर्ताको भीड लागेको हो ।

काठमाडौं महानगरका मुख्य निर्वाचित अधिकृत पुरुषोत्तमप्रसाद दाहालकाअनुसार मंगलबार दिउँसोसम्म ६ जनाले प्रमुखमा र तीनजनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनकाअनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा. निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रन्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल, स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने भने तापनि ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् । मुख्य निर्वाचन अधिकृत दाहालकाअनुसार अहिलेसम्म करिब दुई सयजनाले वडाअध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक