ताराबहादुर महत । बैशाख १९, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकाको प्रमुखमा ९ जना र उपप्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा भरतबहादुर केसी र उपप्रमुखमा कमला वस्नेतले उम्मेदवारी दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालयले ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख १९, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकाको प्रमुखमा ९ जना र उपप्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा भरतबहादुर केसी र उपप्रमुखमा कमला वस्नेतले उम्मेदवारी दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालयले ज"/>
2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको भिमेश्वर नगरपालिकामा ६ दलीय र ३ स्वतन्त्रको उम्मेद्वारी दर्ता

ताराबहादुर महत । बैशाख १९, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकाको प्रमुखमा ९ जना र उपप्रमुखमा ६ जनाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा भरतबहादुर केसी र उपप्रमुखमा कमला वस्नेतले उम्मेदवारी दर्ता गराएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा इश्वर मानन्धर र उपप्रमुखमा सारदा थापाले मनोनयन दर्ता गरेका छन् भने माओवादी केन्द्रबाट प्रमुखमा मोहन थापा र उपप्रमुखमा कमला कार्कीको मनोनयन दर्ता भएको छ । त्यसैगरी संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको तर्फबाट प्रमुखमा नारायणभक्त श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी फुँयालको मनोनयन दर्ता भएको छ भने स्वतन्त्र हिन्दु राष्ट्रवादी पार्टीको तर्फबाट प्रमुखमा शिवहरी थापा र उपप्रमुखमा विष्णुलक्ष्मी श्रेष्ठको मनोनयन दर्ता भएको छ । त्यसैगरी राप्रपाले प्रमुखमा देवकी बुढाथोकी र उपप्रमुखमा राजनबहादुर बुढाथोकीको उम्मेदवारी दर्ता गराएको छ भने नेकपा मालेको तर्फबाट शिव शिवाकोटीले नगरप्रमुखमा मनोनयन दर्ता गराएका छन् । 

त्यसैगरी रमेश केसी, रामजी वस्नेत र हिराप्रसाद चौलागाईले स्वतन्त्र उम्मेदवारको रुपमा नगर प्रमुखमा मनोनयन दर्ता गरेका छन् भने उपप्रमुखमा खेमबहादुर थापाले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भै प्रमुख कांग्रेसले र उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भएको भनिए पनि दुबै पार्टीले प्रमुख उपप्रमुखमै उम्मेदवारी दिएका छन् । 

मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कांग्रेस र एमालेको जुलुस कुन रुटबाट जाने भन्ने विषयमा विवाद हुदा केहि समय तनाव उत्पन्न भएको थियो । नागरिक समाज, पत्रकार, दलका युवा नेता र प्रहरीको समन्वयमा तनाव साम्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई