२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाए

१९ बैशाख २०७४, मंगलवार १४:५४

बैशाख १९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका १३ दलमध्ये नौँ वटा दलले मात्रै चुनाव चिह्न पाएका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि चुनाव चिह्न पाउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।

त्यस्तै, नेकपा माले, नेकपा संयुक्त, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र संघिय समाजवादी फोरम नेपाल पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीलिप कुमार तामाङले जानकारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रीक पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् ।

संघिय समाजवादी फोरम नेपाल पार्टी जिल्ला निर्वाचन कार्यालयमा दर्ता नभएको  र निर्वाचन आयोगले मतपत्रमा उक्त पार्टीको चुनाव चिह्न राखेर पठाएकाले उक्त पार्टीले पनि चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तामाङले बताउनु भएको छ ।

संघिय समाजवादी फोरम नेपाल पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको हुन सक्ने र त्यही भएर उसले चुनाव चिह्न पाएको उनले बताएका छन् । चुनाव चिह्न नपाएका दलले पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्रै चुनाव चिह्न पाएको बताउँदै सूचना अधिकारी तामाङले चुनाव चिह्न नपाएका दलहरु संसद्मा प्रतिनिधित्व नगर्ने भएकाले उनीहरुले चुनाव चिह्न नपाएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो