४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो हुनेछ स्थानीय निर्वाचनमा तीन घेराको सुरक्षा

२० बैशाख २०७४, बुधबार ००:४७

बैशाख २०, काठमाडौं । पहिलो चरणको निर्वाचनमा सुरक्षा तयारी पुरा भएको र सुरक्षा निकाय अहिले निर्वाचन हुने क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर ३, ४ र ६ मा सुरक्षा निकायको टोली परिचालन भएको र त्यसरी खटिएका सुरक्षा अधिकारीले मतदान केन्द्र तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएर तयारीमा लागेको सुरक्षा निकायहरुले जनाएका छन् ।

सरकारले पहिलोपटक निर्वाचन हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सोही अनुरुपको सुरक्षा व्यवस्था समेत गरेको जनाएको छ ।

सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको छ । पहिलो चरणमा म्यादी प्रहरी सहित १ लाखको हाराहारीमा सुरक्षा फौज परिचालन हुने भएको छ ।

तीन वटा सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ ।

त्यो भन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।  -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ