पढ्न करिब 1 मिनेट लाग्छ

टेक शाही/बैशाख २०, डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता डोल्पाका सबै गाँउपालिका र नगरपलिकामा शान्तीपूर्ण सकिएको छ ।

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा नेकपा एमालेका टासिटुण्डुप गुरुङ्गको एक्कल उम्मेद्धारि परे पछि निर्बिरोध चयन हुने भएका छन । निर्वाचन आयोगले बिहान १० बजे देखि बेलुकी ५ बजे सम्मको समय दिएको थियो ।

उक्त समयमा शे–फोक्सुण्डो गाँउपालिकामा अन्य कुनै पनि दलको उम्मेद्धारि नपरेपछि टासिटुण्डुप एक्ला उम्मेद्धार भएका हुन ।

शे–फोक्सुण्डो गाँउपालिकामा टासि अध्यक्षमा एक्ला उम्मेद्धार भए पनि उपाध्यक्षमा ३ जनाको उम्मेद्धारि परेको छ । उम्मेद्धारको नाम हाल सम्म जिल्लामा आइनसकेको र ९ वटै वडामा वडा अध्यक्ष पनि निर्बिरोध चयन हुने गरि उम्मेद्धारि परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।

सञ्चार सेवा नभए पछि माथिल्लो डोल्पाका ३ वटा गाँउपालिका र अन्य गाँउपालिकाको पनि आधिकारिक जानकारि आउन सकेको छैन । भने माथिल्लो डोल्पामा एमाले बाहेक अन्य राजनितिक दलले लगभक उम्मेद्धार नै नपाएको पनि स्थानियहरुले जानकारि दिएका छन ।