पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका "/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ३ सय ३५ पदका लागि १ हजार ९६ जनाको उम्मेदवारी, हेर्नुहोस् कुन पदमा कति उम्मेदवार

२०७४, २० बैशाख बुधबार १०:०३

पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका हुन । पर्बतको मुख्य निर्बाचन अधिकृतको कार्यलयमा सोमबार १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत मोहनराज भट्राईले जानकारी दिनुभएको छ ।


सातवटा स्थानीय तह रहेको पर्बतमा मेयर र उपमेयर पदमा १४ जना प्रतिनिधि  छानिने भएपनि मेयर र उपमेयर पदमा ८४ जनाको उम्मेदबारी दर्ता भएको छ । स्थानिय तहको निर्बाचनको लागि पर्बतबाट प्रमुख तथा मेयर पदमा ५३ जनाको उम्मेदबारी दर्ता भएको छ भने स्बतन्त्रबाट मेयर पदको लागि ३ जनाले उम्मेदबारी दर्ता गराएका हुन । त्यस्तै उपाध्यक्ष तथा उपप्रमुख पदमा ३१ जनाको उम्मेदबारी परेको छ ।


त्यस्तै ६१ वडाहरुबाट १ सय २२ सदस्यका लागि २ सय ३६ जनाको उम्मेदबारी दर्ता भएको छ । ६१ महिला प्रतिनिधिको लागि महिलाबाट १ सय ८८ जनाको उम्मेदबारी  दर्ता भएको छ भने ६१ जनानै खुल्ला प्रतिनिधी रहनेमा खुल्ला सदस्यबाट ४ सय १३ जनाको उम्मेदबारी परेको छ । २ नगरपालिका बाट ३ जनाको दरले ६ जना र ५ गाँउपालिकाबाट २ जनाका दरले १० जनागरि जम्मा १६ जना दलित तथा अल्पसंख्यक सदस्यहरु छानिनेमा दलित तथा अल्पसंख्यक सदस्यहरुबाट १ सय ७५ को उम्मेदबारी परेको जिल्ला निर्बाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।


उहाँका अनुसार कुश्मा नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरि सबैभन्दा बढी २ सय ६२ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने महाशिला गाउँपालिकामा सबै भन्दा कम ९५ जनाको उम्मेदबारी परेको छ । पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएपनि कुल ३ सय ३५ जना प्रतिनिधि छनौट हुनेछन् । भने पर्बतमा ९९ हजार ६ सय ७० जनाले मतदान गर्ने छन । दुई नगरपालिकाबाट

४४ हजार ४ सय ६९ जनाले मतदान गर्ने भएका छन भने ५ गाउँपालिकाबाट ५५ हजार १ सय ३६ जनाले मतदान गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ