निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमि"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्थली नगरका दुई कम्युनिष्ट मेयर उम्मेदवार बस्नेत र श्रेष्ठका योजना के ?

२० बैशाख २०७४, बुधबार १७:०७


निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमिएका छन् । रामेछाप जिल्लाकै केन्द्रकाे रूपमा मन्थली नगरपालिकामा कसले जित्ने हाे सबैकाे चासाे बनेकाे छ । 

यसैविच नेकपा एमालेबाट मन्थली नगरपालीको प्रमुखमा उम्मेद्धारी मनोनयन दर्ता गराएपछि रमेश बस्नेतले आफ्नो कार्यकुशलता, इमानदारीता र एमाले रामेछापको सुदृढ संगठन नै आफू विजयको आधार भएको बताउनु भएको छ । जिल्ला विकास समिती रामेछापकाे नेतृत्व यस अगाडि सम्हालेकाे बताउदै बस्नेतले जनप्रतिनिधि भएर काम गर्दा निकै लोकप्रिय योजना बनाएका कारण आफ्नो जित यसपटक पनि सुनिश्चित रहेको दाबी गर्नुभयाे ।

 मन्थली नगरपालीका सञ्चालन र सिङ्गो जिल्ला सञ्चालनमा खासै फरक नहुने भन्दै उहाँले बृहत गुरुयोजना बनाएर आफ्नो टिमले काम गर्ने र योजना बनाउन बढीमा ६ महिना समय लाग्ने साझासबाललाई जानकारी दिनुभयाे । सडक, शिक्षा, खानेपानी, कृषि, जलविद्युत, ठूला तथा मझौला उद्योग आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाई छ । पार्टीले टिकट दिदा केही ढिलाई गरेका कारण मनोनयन दर्ता गर्दा तयारी केही फितलो देखिएको स्वीकार गर्दै बस्नेतले अन्य दलको बाजागाजाले एमाले एक ईन्च पनि नडगमगाएको जिकीर गर्नुभयो ।

 मन्थलीमा माओवादी केन्द्र कमजोर रहेको भन्दै बस्नेतले एमालेको प्रतिस्पर्धा नेपाली काङ्ग्रेससँग मात्रै भएको बताउनुभयाे। 

त्यस्तै नेकपा माओवादी केन्दबाट मन्थली नगरपालीको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएका तारानारायण श्रेष्ठले पाँच बर्षमा मन्थली नगरपालीकालाई मुलुककै नमूना नगरपालीका बनाउने दाबी गर्नुभएको छ । आफूले चुनाव जितेको दुई महिना भित्र नगरपालीका भित्र बिद्युतीकरण नभएका गाउँमा बिजुली पुर्याउने, तामाकोशीको फाँटमा बाँध लगाएर सिँचाई ब्यबस्थापन गरी कृषिलाई आधुनिकीकरण गर्ने महत्वकाङ्क्षी योजना अघि सार्नुभएको छ । 

अाफू २०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधि भएर जिल्लामा निकै बिकासका काम गरेका कारण मन्थली नगरपालीकाले फेरी आफूलाई खोजेको साझासबाललाई जानकारी दिनुभयाे । निरन्तर जनसेवा र मध्यपहाडी लोकमार्गलाई रामेछापको भूगोल हुँदै ल्याउने जस्तो महत्वपूर्ण काम गरेका कारण जनसेवाको प्रतिफल स्वरुप आफूले मेयरमा बाजी मार्ने उहाँको दावी छ । उहाँले मन्थलीमा त्रिपक्षिय प्रतिस्पर्धा हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान