बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दोलखामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, नयाँ शक्तिले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेले जिल्लाको सवै पदमा उम्मेदवारीका लागि मनोनय हालेको छ । काँग्रेस र माआवादी केन्द्रले केहि गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुखमा मात्र उम्मेदवारी दर्ता गराएकाछन् । यसैगरी दोलखामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएकाछन् । सबैभन्दा बढि भीमेश्वर नगरपालिकामा उम्मेदवारी मनोनय परेको छ ।
सबैभन्दा कम गौरीशंकर गाउँपालिकामा उम्मेदवारी मनोनय परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भीमेश्वरमा दोलखामा संघीय समाजवादी फोरमले केहि गाउँपालिकामा उम्मेदवारी दिएको छ । ४७ पदका लागि १ सय ८७ उम्मेदवारले मनोनयन दर्ता गराएकाछन् । भीमेश्वर नगरपालिकामा १० जनाले प्रमुख, ६ जना उपप्रमुख र ४४ वडा अध्यक्षले मनोनय दर्ता गराएकाछन् । यसैगरी गाउँपालिकाहरुमा सबैभन्दा बढि १ सय ६५ जनाको कालिञ्चोक गाउँपालिकामा उम्मेदवारी मनोनय परेको छ । ४७ पदका लागि कालिञ्चोकमा ६ प्रमुख, ५ उपप्रमुख र ३८ वडा अध्यक्षमा मनोनयन परेको छ । यसैगरी जिरी नगरपालिकामा १ सय ६१ जनाको मनोनय परेको छ । जिरीमा ८ प्रमुख, ५ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि मनोनयन परेको छ । यसैगरी विगू गाउँपालिकामा १ सय ५६ जनाको उम्मेदवारी परेको छ ।
विगूमा ५ प्रमुख ४ उपप्रमुख र ३६ वडा अध्यक्षका लागि मनोनयन परेको छ । यसैगरी शैलुङमा १ सय ४५ जनाको मनोनयन दर्ता भएको छ । प्रमुखमा ७ जना र उपप्रमुख ४ जनाको उम्मेदवारी परेको छ भने ३४ वडा अध्यक्षको मनोनयन परेको छ । यसैगरी मेलुङ गाउँपालिकामा १ सय ३२ जनाको उम्मेदवारी मनोनयन दर्ता परेको छ । मेलुङमा ६ जना प्रमुख ६ जना उपप्रमुख र ३४ वडा अध्यक्षको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी तामाकेशीमा ७ जना प्रमुख र ५ जना उपप्रमुख र ३३ जना वडा अध्यक्ष सहित १ सय १सय २१ जनाको मनोनय दर्ता भएको छ । बैत्येश्वरमा ५ जना प्रमुख २ उपप्रमुख र ५४ वडा अध्यक्ष सहित १ सय ८ जनाको मनोनय दर्ता परेको छ । गौरीशंकर गाउपालिकामा प्रमुखमा सबैभन्दा कम २ जनाको मनोनयन दर्ता भएको छ । उपप्रमुखमा पनि २ जनाकै मनोनय दर्ता भएको छ भने ४५ जना वडा अध्यक्ष सहित ११२ जनाको मनोनयन दर्ता परेको छ ।
काँग्रेस र माओवादी केन्द्रको ५ गाउँपालिकामा प्रमुख र उपप्रमुख मिलाएर उम्मेदवारी दिएकाछन् । काँगे्रेसले विगू, बैत्यश्वर र तामाकोशी मेलुङ गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ । माओवादीले मेलुङ बाहेक विगू, बैत्येश्वर र तामाकोशी र कालिञ्चोकमा उपप्रमुख मात्र मनोनयन दर्ता गराएको छ । मेलुङमा भने मिलाउनका लागि भन्दै महिलालाई माओवादी केन्द्रले प्रमुख पदमा मनोनयन दर्ता गराएको छ । यसैगरी माओवादी केन्द्रले कालिञ्चोक र गौरीशंकर गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी मनोनय दर्ता गरेको छ । सबै पालिकाहरुमा मिल्ने भनेपनि शैलुङ, जिरी र भीमेश्वरमा भने मिल्न बाँकी छ । यी नगरपालिका र गाउँपालिकामा दुवै दलले प्रमुख पदमा उम्मेदवारी मनोनय दर्ता गराएकाछन् ।
तीन सदस्य निर्विरोध
निर्वाचन अघिनै जिल्ला ती पालिकाहरुमा ३ जना सदस्य पदमा निर्विरोध भएकाछन् । जिरी नगरपालिका, बैत्यश्वर र कालिञ्चोक गाउँपालिकामा दलित महिला कोटामा निर्विरोध चुनिएका हुन् । नेपाली काँग्रेसबाट दलित कोटामा वडा सदस्य मनोनयन दर्ता गराएकी बैत्यश्वर गाउँपालिकाकी ठुली कान्छी विश्वकर्मा निविरोध भएकीछिन् । बैत्यश्वर वडा नंबर १ वाट दलित महिलामा मनोनय अन्यदलको नपरेपछि उनी एक्ली उम्मेदवार बनेकी हुन् । उनको विषयमा दावी विरोध नपरेमा उनी निर्विरोध हुनेछिन् । यस्तै जिरी नगरपालिका– ४ की नेकपा एमालेका दलिम कोटामा उम्मेदवार बनेकी नरमाया विक निर्विरोध भएकी हुन् । यस्तै कालिञ्चोक गाउँपालिका– ६ मा दलित कोटाकै छत्रमाया विक र्निािरोध भएकी हुन् । उनीहरु दुवै विरुद्ध अन्यको मनोनयन परेको छैन् । दावी विरोधमा कुनै उजुरी नपरे तीनै जना निर्विरोध हुनेछन् ।
इगौरीशंकर डटकम बाट