पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

एउटै वडाबाट प्रमुख पदमा तीन उम्मेदवार

२१ बैशाख २०७४, बिहीबार ०७:५४

पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासँगै अन्य साना दलहरुले पनि आफ्नो मनोनय दर्ता गरेका छन् । 

विषेश गरी तीन शीर्ष दलहको कडा प्रतिशपर्दा रहेको पर्वत जिल्लामा यतिबेला चुनावी माहोलले गाँजेको छ । राजनीतिक दलहरु मनोनय दर्तासँगै प्रचारप्रसारमा जुटेका छन् । कुश्मा बजार यतिबेला संगितमय बनेको छ । चुनावी गित बजाउँदै सवारी साधनहरु प्रचारप्रसारमा कुदिरहेका छन् । कार्यकर्ताहरु गाउँ तथा नगर वडाहरुमा पस्न थालेका छन् । आजको सहारान्यूज दैनिकमा खबर छ ।

आआफ्नो पार्टीलाई विजयी गराउनको लागि राजनीतिक दलका भादृसंगठनहरु यतिबेला लागि परेका छन् । माओवादी केन्द्रले वाइसिएललाई चुनाव प्रचारप्रसारका साथै  बुथ सुरक्षाको लागि परिचालन गर्ने भएको छ । प्रत्येक मतदान केन्द्रमा कम्तिमा एक सय भन्दा बढी वाइसिएल परिचालन गर्ने तयारी गरेको छ । सोही अनुसार नेपाली काँग्रेस र एमाले पनि गरेको छ ।

मोदी गाउँपालिकाको प्रमुख पदका लागि एक वडाबाट शीर्ष राजनीतिक दलहरुले आफ्नो उम्मेदवारी खडा गरेका छन् । मोदी गाउँपालिका ५ बाजुङबाट नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गाउँपालिकाको प्रमुखका रुपमा आफ्नो उम्मेदवार खडा गरेका हुन् । 

नेपाली काँग्रेसले मोदी गाउपालिकाको प्रमुख पदका लागि पार्टी सचिव एवं सोहि गाउँपालिका ५ बाजुङका विश्वप्रकाश प्रसाइलाई उम्मेदवारी बनाएको छ । साविक बाजुङ गाउँ विकास समिति ४ प्रसाइ थरका उनी प्रसाइ राजनीतिक तथा सामाजिक क्षेत्रमा निकै क्रियाशिल रहदै आएका छन् । सामाजिक संस्था नेष्डो नेपालका कार्यकारी समेत रहेका उनी, पत्रकार महासंघ पर्वतका संस्थापक सदस्य, जिल्ला बार एशोसेशनका मा समेत रहेका छन् । उनी सोहीमा मात्रै सिमित भने छैनन् । जिल्लामा रोटरी क्लब, मानवअधिकारबादी संघसंस्थामा समेत आवद्ध रहेका उनी मोदी गाउँपालिकाको बलियो उम्मेदवारका रुपमा मानिन्छन् । 

त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रेम पौडेल पनि सोहि वडाका बासिन्दा हुन् । दुइ पटक सम्म साविक बाजुङ गाविसको अध्यक्ष बनेर काम गरेका उनी सामाजिक व्यक्तित्व पनि मानिन्छन् । विभिन्न एनजिओमा रहेर उनले काम गरेका छन् । पौडेलको ठाउँमा नेकपा एमालले पार्टी उपाध्यक्ष भत्त कुवँरलाई उठाउने निर्णय गरेता पनि प्रदेशले भने पौडेललाई चयन गरी पठाएको थियो ।

माओवादी केन्द्रबाट मोदी गाउँपालिकाका प्रमुखका रुपमा रहेका मनबहादुर क्षेत्री पनि बाजुङकै हुन् । द्वन्द्वकालनमा तत्तकाली सरकार पक्षबाट पक्राउ परी जेल सजाय समेत विताएका उनी सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन् । विभिन्न क्षेत्रमा नेतृत्व लिदै आएका पौडेल पनि मोदी गाउँपालिकाको बलियो उम्मेदवारका रुपमा रहेका छन् ।

यसैविच जलजला गाउँपालिकामा पनि गाउँपालिका प्रमुखमा साविक माझफाँट गाविसबाट तीन जनाको उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले साविकको एक गाविसबाट तीन जनालाई उठाएका हुन् ।

काँग्रेसबाट जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), एमालेबाट लालबहादुर अधिकारी, माओवादीकेन्द्रबबाट बाबुराम कार्कीको नाम आयोगमा गाउँपालिकाको प्रमुखका लागि नाम दर्ता भएको छ । उनीहरु तीन जना साविक माझफाँट गाविसका बासिन्दा हुन् । काँग्रेसबाट धाइरिङका राजु आचार्यले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट