2026-09-19 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका एक व्यापारी बेपत्ता, खोजी गरिदिन सबैसँग आग्रह

बैशाख २१, दाङ । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने करिब ४० वर्षीय रत्नबहादुर वली बेपत्ता हुनुभएको छ । 

मङ्गबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उहाँका परिवार चिन्तित भएका छन् । 

परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरिदिन माग गरेपछि प्रहरीले उनको खोजी तीव्र पारे पनि फेलापार्न नसकेको जनाएको छ । उहाँले प्रयोग गर्ने गरेको मोबाइल समेत बन्द रहेको र खोज तलासकै क्रममा उहाँले चलाउँदै आएको मोटरसाइकल भने घोराहीमा बेवारिसे अवस्थामा फेला पारेको इलाका प्रहरी प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । 

तुलसीपुरस्थित बसपार्कमा पेय पदार्थको व्यवसाय गर्दै आएका वली पछिल्लो समयमा जग्गा प्लटिङ, खरिद तथा बिक्री कार्यमा संलग्न हुनुहुन्थ्यो । यसैबीच राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसीले एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएका वलीको खोजी गरिदिन माग गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो