बैशाख २१, पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।

विभिन्न द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २१, पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।

विभिन्न द"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत

२०७४, २१ बैशाख बिहीबार १०:११


बैशाख २१, पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।

विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग गर्ने गरिएको छ ।

गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न स्थानीय तहमा आफ्ना उम्मेदवारलाई विजयी गराउने गरी लक्षित छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कास्कीको सहयोगमा नेपाल सांस्कृतिक सङ्घ, कास्कीले बजारमा ल्याएको चारतारा शीर्षकको एल्बमका गीत यतिखेर पार्टीको चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको छ ।

नेकपा माओवादीको केन्द्रको चुनावी प्रचारप्रसारका लागि ‘माओवादी केन्द्रलाई विजयी गराऔँ’ गीत यतिखेर सो पार्टीका चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको छ ।

गाउँ, सहर, गल्ली, चोक, घर घर जाऔँ । 
माओवादी केन्द्रलाई विजयी गराऔँ ।।
गणतन्त्र ल्याउने पनि माओवादी, राजतन्त्र फाल्ने पनि माओवादी । 
संविधान बनाउने माओवादी, स्वाधीनताको निम्ती लड्ने माओवादी ।। लगायत गीत रहेका छन् ।

निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्र निकट विभिन्न कलाकारका अन्य नयाँ नयाँ गीतले पनि गाउँ सहर गुन्जिएको छ ।

“उठ हे उठ नेपाली, जाग हे जाग नेपाली । 
काँग्रेसलाई जिताउन लाग नेपाली, चारतारे झन्डा बोकी लाग नेपाली ।।
देशमा शान्ति ल्याएको हो काँग्रेस पार्टीले । 
रुखमा भोट हालौँ भन्छ मेरो साथीले ।। जस्ता गीत समेटिएको छ ।

स्थानीय तहकै निर्वाचनका लागि लोक गायक कृष्ण देवकोटाले तयार गरेको ‘आयो काँग्रेस रुख लिएर’ एल्बम पनि यतिखेर बजारमा आएको छ ।

सपनीमा देखिन्छ रुखमात्रै, अरुको त हो हजुर मुख मात्रै । 
काँग्रेस पार्टी बलेको दियो हो, आन्दोलनको कमान्डर मियो हो ।। 
आयो काँग्रेस रुख लिएर, जसरी नि काँग्रेसलाई जिताउँ है रुख चिह्नमा भोट दिएर ।। जस्ता गीत समेटिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि जनसांस्कृतिक महासङ्घ कास्कीको प्रस्तुतिमा ल्याइएको ‘सुख दुःखमा एमाले’ एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ ।

“आयो एमाले, लहै आयो एमाले । 
गाउँ सहर बस्तीबाट आयो एमाले ।। 
गाउँको झुप्रोबाट आयो एमाले । 
हिमाल पहाड मधेस तराई आयो एमाले ।। लगा
यत गीत समेटिएको छ ।

निर्वाचनलाई लक्षित गरी बजारमा आएको एमालेको ‘मै पनि एमाले’ एल्बम पनि उत्तिकै चर्चित छ ।

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने ।
भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले, एमालेकै झन्डा बोक्दै हिँडेको छ भाइले ।। जस्ता गीत समेटिएको छ ।

विगतका निर्वाचनमा चुनावी गीतको प्रयोग निकै कम मात्रामा हुने गरेको बताउने नयाँ बजारका श्याम तिवारी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै चुनावी गीतको प्रयोग ह्वात्तै बढेको बताउँछन् ।

चुनावी गीतलाई आफ्ना मोबाइलको रिङ टोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि निकै बढेको छ । लोकतन्त्रमा कलाकार पनि कुनै न कुनै दलसँग निकट हुने भएका कारण कालाकारको सहयोगमा दलहरूले चुनावी गीत बनाउने क्रम निकै बढेको लोक गायक कृष्ण देवकोटा बताउँछन्

“कलाकारले चुनावी गीत बनाएर आफू निकट दललाई ठूलो सहयोग पु¥याउने गरेका छन्,” उनले भने । चुनावी गीत निर्माणले सम्बन्धित दललाई प्रत्यक्ष फाइदा पुग्नुका साथै कलाकारको व्यावसायिकताका लागि पनि उपलब्धिमूलक बन्ने गरेको वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली बताउँछन् । बासुदेव पौडेल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण