बैशाख २१, पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।

विभिन्न द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २१, पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।

विभिन्न द"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत

२१ बैशाख २०७४, बिहीबार १०:११


बैशाख २१, पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।

विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग गर्ने गरिएको छ ।

गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न स्थानीय तहमा आफ्ना उम्मेदवारलाई विजयी गराउने गरी लक्षित छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कास्कीको सहयोगमा नेपाल सांस्कृतिक सङ्घ, कास्कीले बजारमा ल्याएको चारतारा शीर्षकको एल्बमका गीत यतिखेर पार्टीको चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको छ ।

नेकपा माओवादीको केन्द्रको चुनावी प्रचारप्रसारका लागि ‘माओवादी केन्द्रलाई विजयी गराऔँ’ गीत यतिखेर सो पार्टीका चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको छ ।

गाउँ, सहर, गल्ली, चोक, घर घर जाऔँ । 
माओवादी केन्द्रलाई विजयी गराऔँ ।।
गणतन्त्र ल्याउने पनि माओवादी, राजतन्त्र फाल्ने पनि माओवादी । 
संविधान बनाउने माओवादी, स्वाधीनताको निम्ती लड्ने माओवादी ।। लगायत गीत रहेका छन् ।

निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्र निकट विभिन्न कलाकारका अन्य नयाँ नयाँ गीतले पनि गाउँ सहर गुन्जिएको छ ।

“उठ हे उठ नेपाली, जाग हे जाग नेपाली । 
काँग्रेसलाई जिताउन लाग नेपाली, चारतारे झन्डा बोकी लाग नेपाली ।।
देशमा शान्ति ल्याएको हो काँग्रेस पार्टीले । 
रुखमा भोट हालौँ भन्छ मेरो साथीले ।। जस्ता गीत समेटिएको छ ।

स्थानीय तहकै निर्वाचनका लागि लोक गायक कृष्ण देवकोटाले तयार गरेको ‘आयो काँग्रेस रुख लिएर’ एल्बम पनि यतिखेर बजारमा आएको छ ।

सपनीमा देखिन्छ रुखमात्रै, अरुको त हो हजुर मुख मात्रै । 
काँग्रेस पार्टी बलेको दियो हो, आन्दोलनको कमान्डर मियो हो ।। 
आयो काँग्रेस रुख लिएर, जसरी नि काँग्रेसलाई जिताउँ है रुख चिह्नमा भोट दिएर ।। जस्ता गीत समेटिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि जनसांस्कृतिक महासङ्घ कास्कीको प्रस्तुतिमा ल्याइएको ‘सुख दुःखमा एमाले’ एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ ।

“आयो एमाले, लहै आयो एमाले । 
गाउँ सहर बस्तीबाट आयो एमाले ।। 
गाउँको झुप्रोबाट आयो एमाले । 
हिमाल पहाड मधेस तराई आयो एमाले ।। लगा
यत गीत समेटिएको छ ।

निर्वाचनलाई लक्षित गरी बजारमा आएको एमालेको ‘मै पनि एमाले’ एल्बम पनि उत्तिकै चर्चित छ ।

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने ।
भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले, एमालेकै झन्डा बोक्दै हिँडेको छ भाइले ।। जस्ता गीत समेटिएको छ ।

विगतका निर्वाचनमा चुनावी गीतको प्रयोग निकै कम मात्रामा हुने गरेको बताउने नयाँ बजारका श्याम तिवारी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै चुनावी गीतको प्रयोग ह्वात्तै बढेको बताउँछन् ।

चुनावी गीतलाई आफ्ना मोबाइलको रिङ टोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि निकै बढेको छ । लोकतन्त्रमा कलाकार पनि कुनै न कुनै दलसँग निकट हुने भएका कारण कालाकारको सहयोगमा दलहरूले चुनावी गीत बनाउने क्रम निकै बढेको लोक गायक कृष्ण देवकोटा बताउँछन्

“कलाकारले चुनावी गीत बनाएर आफू निकट दललाई ठूलो सहयोग पु¥याउने गरेका छन्,” उनले भने । चुनावी गीत निर्माणले सम्बन्धित दललाई प्रत्यक्ष फाइदा पुग्नुका साथै कलाकारको व्यावसायिकताका लागि पनि उपलब्धिमूलक बन्ने गरेको वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली बताउँछन् । बासुदेव पौडेल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो