टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन । 

उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन । 

उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन "/>

2026-09-03 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुली भेरि नगरमा राप्रपा र एमालेको समिकरण, १६ जनाको उम्मेद्धारि फिर्ता

टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन । 

उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन कुमारि बोहोरा नेकपा माओबादि केन्द्रबाट,उपमयेर पदमा उम्मेद्धारि दिनु भएकी उर्मिला गूरुङ्ग,उपप्रमूख पदमा स्वतन्त्रबाट उम्मेद्धारि दिनु भएकी राज कुमारि बुढा रहनु भएको छ । 

त्यसै गरि राप्रपाबाट वडा अध्यक्ष पदमा उम्मेद्धारि दिनु भएकी लक्षिण बिटालु,स्वतन्त्रबाट उम्मेद्धारि दिनु भएका यज्ञ कार्किले फिर्ता लिनु भएको छ । त्यसै गरि सदस्यमा राप्रपाका नरजित भण्डारि,सूर्य बहादुर शाही, बल बहादुर बुढा,खिम बहादुर रोकाया,हिरा मति कार्कि र मन कुमारि रोकायाले आफनो उम्मेद्धारि फिर्ता लिनु भएको छ । 

त्यसतै एमालेका पूर्ण बहादुर रोकाया,हिरालाल कार्कि,केशर बहादुर रोकाया,देबीलाल बुढा र मोती बोहोराले उम्मेद्धारि फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । 

ठुली भेरि नगरपालिकामा नेकपा एमाले र राप्राप बिच चुनावी समिकरण भएको छ । चुनावी समिकरण भए पछि राप्रपाले मेयर पदमा उम्मेद्धारि दिएन भने एमालेले उपमयेर पदमा उम्मेद्धारि दिएन । एमालेबाट स्वतन्त्रमा उपमेयर पदमा उम्मेद्धारि दिएकी राज कुमारि बुढालाइ पनि उम्मेद्धारि फिर्ता लिन मनाएको र बुढाले उम्मेद्धारि फिर्ता लिएको नेकपा एमाले डोल्पाले जानकारि दिएको छ । 

मनोनयन दर्ता भन्दा पहिला उपमयेर पदामा चर्चामा आएका महिला उम्मेद्धारहरु रोशन हमाल,राज कुमारि बुढा र सुनिता रोकाया भए पनि उपमयेर पदमा जिल्ला कार्य समितिले राप्रपा सँग चुनावी तालमेल गरे पछि १९ गते उम्मेद्धारि दिन पाएनन । यसरि पार्टिले उपमेयर पदमा महिला लड्न नँदिएर राप्रपा सँग समिकरण गरेपछि महिलाको अधिकार खोसिएको भन्दै राज कुमारी बुढाले स्वतन्त्रबाट उपमेयर पदमा उम्मेद्धारि दिनु भयो भने रोशन हमालले उम्मेद्धारि नै दिनु भएन ।

नगरिपालिकामा महिलाको अधिकार खोसिएको भन्दै नेकपा एमालेका सर्मथकहरु केहि आक्रोसित रहेका छन । तर माओबादि केन्द्रले नेपाली काँग्रेस सँग समिकरण गरे पछि एमालेले पनि समिकरण किठै गरेको धेरैको ठहर रहेको छ । 

राप्रपाले एमालेका मेयरका प्रत्यासि गणेश शाहीलाइ सहयोग गर्ने र उपमेयरमा एमालले राप्रपाका उपमेयर योगेन्द्र बहादुर शाहीलाइ सहयोग गर्ने सहमति भएको राप्रपाले जानकारि दिएको छ । एउटै पार्टिले नगरापालिकामा जित हात पार्न नँसक्ने सम्भावना देखिए पछि दुइ पार्टिको समिकरण ठुली भेरि नगरपालिकामा सबै भन्दा धेरै देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही