कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भ"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैन नगरको विकास गर्ने खाका एमालेसंग छ: बोहरा

२०७४, २२ बैशाख शुक्रबार ०२:३१


कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भएको छ । 

नगर क्षेत्रमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, सडक सञ्जाल लगायतका कुराको उचित व्यवस्था गर्दै जनताको जनजीविकामा सुधार गर्ने योजना आफुसंग रहेको बताउनु भयो । एमाले मंगलसैन नगर संगठन कमिटि वडा नम्बर ६ को चुनावी आमसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता बोहराले नगर क्षेत्रका उच्च लेकाली क्षेत्रमा विशाल पोखरी निर्माण गर्दै चिस्यानकायम गरी कृषिका लागि सघाउ पुर्याउने, जिल्लाका समग्र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा विकास गरी पर्यटन भित्र्याउने, कृषिमा आधुनिकिकरण तथा पशु पालनमा व्यवसायिकता कायम गरी जीस्वनस्तर सुधार गर्ने, स्कुल तथा क्याम्पसलाई श्रोत साधन सम्पन्न बनाई प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने, आफ्नो कानून आफै बनाई आफ्ना आवश्यक्ताको पहिचान तथा श्रोत साधनको खोजी एवं उचित उपयोग गर्ने आफ्नो योजना रहेको उहाँले बताउनु भयो । 

विकास प्रेमी तथा समाजसेवि एमाले जिल्ला संगठन विभाग प्रमुख, नगर संयोजक एवं २०५४ सालमा मंगलसैन गाविसको उपाध्यक्ष समेत भएक काम गरिसक्नुभएका नेता बोहराले एमालेले देश विकासको लागि लिएका सही नीति र कार्यक्रमले देशलाई विकासमा अघि बढाएको बताउनु भयो ।

 नगर सचिवालय सदस्य तथा वडा ईन्चार्ज चन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिवालय सदस्य तथा उपमेयरका उम्मेद्धार सरिता उपाध्यायले महिला, दलित, जेष्ठ नागरिक, युवाहरुको प्रिय पार्टी एमाले भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमालेका सम्पूर्ण उम्मेद्धारलाई बिजयी गराउन आव्हान गर्नुभयो । 

आफ्नो पार्टीले जितेमा सामाजिक सुरक्षा भत्ता प्रतिमहिना ५ हजार पुर्याउने, सुत्केरी भत्ता तथा बिदामा महिलालाई राहत दिने, एक घर एक रोजगारका कार्यक्रम ल्याउने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य चन्द्र बोहराले देशको विकासको खाका कोर्ने पार्टी एमाले भएको भन्दै अबका सबै निर्वाचनमा एमालेलाई बहुमत दिलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सदस्य प्रभुनाथ भण्डारी, कल्लानसिंह बोगटी, जिल्ला सल्लाहकार उपसंयोजक दुर्गाप्रसाद भण्डारी, नगर सचिवालय सदस्य बृख बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सल्लाहकार संयोजक रत्नप्रसाद ढुगाना, जिल्ला सदस्य मनिराज भण्डारी, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, नगरसचिवालय सदस्य टंकप्रसाद भण्डारी, भावना विक, पूर्व गाउँ कमिटि अध्यक्ष राजेश्वर भण्डारी, सचिव कुलानन्द भण्डारी, हरिभक्त भण्डारी, अनेरास्ववियु अछाम काटमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष रमेश भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो । नगर सचिवायल सदस्य लोकराज भण्डारीको स्वागत गर्नुभएको कार्यक्रमको संचालन बेदप्रसाद भण्डारीले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ