कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भ"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसैन नगरको विकास गर्ने खाका एमालेसंग छ: बोहरा

२२ बैशाख २०७४, शुक्रबार ०२:३१


कमल रावल/बैशाख २२, अछाम । मंगलसैन नगरपालिकाका नेकपा एमालेका मेयर उम्मेद्धार पदम बोहराले मंगलसैन नगरको समग्र विकासका लागि एमालेसंग विकासको खाका भएको बताउनु भएको छ । 

नगर क्षेत्रमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, सडक सञ्जाल लगायतका कुराको उचित व्यवस्था गर्दै जनताको जनजीविकामा सुधार गर्ने योजना आफुसंग रहेको बताउनु भयो । एमाले मंगलसैन नगर संगठन कमिटि वडा नम्बर ६ को चुनावी आमसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता बोहराले नगर क्षेत्रका उच्च लेकाली क्षेत्रमा विशाल पोखरी निर्माण गर्दै चिस्यानकायम गरी कृषिका लागि सघाउ पुर्याउने, जिल्लाका समग्र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा विकास गरी पर्यटन भित्र्याउने, कृषिमा आधुनिकिकरण तथा पशु पालनमा व्यवसायिकता कायम गरी जीस्वनस्तर सुधार गर्ने, स्कुल तथा क्याम्पसलाई श्रोत साधन सम्पन्न बनाई प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने, आफ्नो कानून आफै बनाई आफ्ना आवश्यक्ताको पहिचान तथा श्रोत साधनको खोजी एवं उचित उपयोग गर्ने आफ्नो योजना रहेको उहाँले बताउनु भयो । 

विकास प्रेमी तथा समाजसेवि एमाले जिल्ला संगठन विभाग प्रमुख, नगर संयोजक एवं २०५४ सालमा मंगलसैन गाविसको उपाध्यक्ष समेत भएक काम गरिसक्नुभएका नेता बोहराले एमालेले देश विकासको लागि लिएका सही नीति र कार्यक्रमले देशलाई विकासमा अघि बढाएको बताउनु भयो ।

 नगर सचिवालय सदस्य तथा वडा ईन्चार्ज चन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिवालय सदस्य तथा उपमेयरका उम्मेद्धार सरिता उपाध्यायले महिला, दलित, जेष्ठ नागरिक, युवाहरुको प्रिय पार्टी एमाले भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमालेका सम्पूर्ण उम्मेद्धारलाई बिजयी गराउन आव्हान गर्नुभयो । 

आफ्नो पार्टीले जितेमा सामाजिक सुरक्षा भत्ता प्रतिमहिना ५ हजार पुर्याउने, सुत्केरी भत्ता तथा बिदामा महिलालाई राहत दिने, एक घर एक रोजगारका कार्यक्रम ल्याउने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य चन्द्र बोहराले देशको विकासको खाका कोर्ने पार्टी एमाले भएको भन्दै अबका सबै निर्वाचनमा एमालेलाई बहुमत दिलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सदस्य प्रभुनाथ भण्डारी, कल्लानसिंह बोगटी, जिल्ला सल्लाहकार उपसंयोजक दुर्गाप्रसाद भण्डारी, नगर सचिवालय सदस्य बृख बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सल्लाहकार संयोजक रत्नप्रसाद ढुगाना, जिल्ला सदस्य मनिराज भण्डारी, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, नगरसचिवालय सदस्य टंकप्रसाद भण्डारी, भावना विक, पूर्व गाउँ कमिटि अध्यक्ष राजेश्वर भण्डारी, सचिव कुलानन्द भण्डारी, हरिभक्त भण्डारी, अनेरास्ववियु अछाम काटमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष रमेश भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो । नगर सचिवायल सदस्य लोकराज भण्डारीको स्वागत गर्नुभएको कार्यक्रमको संचालन बेदप्रसाद भण्डारीले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो