५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका उम्मेदवारले चर्चामा आउन अपहरण गरेको नाटक गरे

२२ बैशाख २०७४, शुक्रबार ०६:०९

वैशाख २२, काठमाडौं । अपहरणमा परेका भनिएका नयाँ शक्ति पार्टी नेपालको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला परेका छन् ।

नयाँ शक्तिले नागार्जुन नगरपालिका वडा. नम्बर ७ का वडाध्यक्ष मदन गिरी अपहरणमा परेको बताएको थियो । उनी शुक्रबार गोदावरीमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशीले बताए । गिरीलाई हाल परिसरको कार्यालय टेकुमा राखिएको छ ।

प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गरिएको छ । तर, चुनावमा चर्चामा आउन अपहरणको नाटक गरेको आशंका गरिएको छ ।

नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्तिको आरोप थियो । तर, प्रहरीले भने गिरी सम्पर्कविहिनमा अपहरणको ‘संकेत’ फेला नपरेको र अन्य कुनै कारणले उनी बेपत्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

‘यसमा अपहरणभन्दा पनि अन्य कारण रहेको देखिन्छ । उनको बयानबाट अपहरणमा परेको जस्तो पाएनौँ । हामी यस विषयमा अनुसन्धान गरिरहेका छौँ,’ जोशीले भने ।

गिरीले चार जनाको समूहले आफूलाई अपहरण गरेको भन्दै एसएमएस गरेका थिए । लगतै प्रहरीले उनको खोजी थालेको थियो । तर, उनी अपहरणमा परेको नभई सम्पर्क बाहिर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने