पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २२, डोल्पा । डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् ।

जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)बाट सोही पदमा बुबा देवी रोकाय उम्मेदवार बनेका छन् । रासस